+

हाइटीका पूर्व फरवार्डले ललितपुर सिटी एफसीबाट एनएसएल खेल्ने

२०८१ फागुन  १३ गते ९:०१ २०८१ फागुन १३ गते ९:०१
हाइटीका पूर्व फरवार्डले ललितपुर सिटी एफसीबाट एनएसएल खेल्ने

१३ फागुन, काठमाडौं । ललितपुर सिटी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) २०२५ का लागि हाइटीका पूर्वविंगर केर्भेन्स बेलफोर्ट अनुबन्ध गरेको छ ।

३२ वर्षीय बेलफोर्टले अघिल्लो सिजन बंगलादेश प्रिमियर लिग क्लब कालिकट एफसीबाट खेलेका थिए। सन् २०१० देखि २०१७ सम्म हाइटीको राष्ट्रिय टोलीमा रहेका उनले १४ गोल गरेका छन्।

गत संस्करणको विजेता ललितपुरले नेपाली राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङलाई मार्की प्लेयरमा निरन्तरता दिएको छ। यस्तै, सनिश श्रेष्ठ र आदित्य शाक्य रिटेन गर्दा मणिकुमार लामा र सन्तोष खत्रीलाई चार/चार लाख खर्चिएर ‘ए’ क्याटोगोरीबाट भित्र्याइसकेको छ।

सुदीप गुरुङ, योगेश गुरुङ, नवीन लामा, अभिषेक वाइवा र सुमित श्रेष्ठलाई पनि ललितपुरले अक्सनबाट लिएको छ।

एनएसएल आउँदो चैतमा हुँदैछ ।

केर्भेन्स बेलफोर्ट नेपाल सुपर लिग फुटबल ललितपुर सिटी एफसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय