+
+
Shares

बालेनको पुर्ख्यौली घरबाट प्रचण्डले भने-हामी सबै मिलेर देश बनाउनु छ

जनतासँग माओवादी अधियानका क्रममा प्रचण्ड बालेनको घरमा पुगे । त्यहाँ आयोजित कार्यक्रममा सहभागी हुँदा रमाइलो महसुस भएको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २२ गते ११:३६

२२ फागुन, बर्दिवास । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरु तराई मधेश जागरण अभियानको क्रममा बालेन शाहको पुर्ख्यौली घरमा समेत पुगेका छन् ।

उनले बालेनको घरमा आयोजित कार्यक्रममा सहभागी हुन पाउँदा रमाइलो महसुस भएको बताए । महोत्तरीको एकडारा गाउँपालिकाले भाडामा लिएको बालेन शाहको पुर्ख्यौली घरमा स्वागत कार्यक्रम राखेको थियो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘बालेन शाहको पुर्ख्यौली, उहाँको बा लगायत काकाहरुको घरमा, हामी आइपुगेका छौं । यो पनि एउटा रमाइलो महसुस भाछ,’ प्रचण्डले भने, ‘बालेन जीले पनि सुनिरहनु भएको होला । हामी सबै मिलेर यो देश बनाउनु छ ।’

समावेशी, समानुपातिक जस्ता उपलब्धि हासिल गर्न नेकपा माओवादी केन्द्रकै भूमिका रहेको भन्दै प्रचण्डले एकथरि मानिस ती उपलब्धि उल्ट्याउने प्रयासमा रहेको बताए । ‘हजारौंको बलिदान गरेर पहिचान र अधिकारको मुद्दालाई, समावेशी र समानुपातिकको मुद्दालाई स्थापित नगरेको भए आज देश यो ठाउँमा हुने थिएन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?