+
+
Shares

सबै सागको भाउ बढ्यो, किलोको कति ?

अहिले रायो सागदेखि अन्य साग पनि किलोको ७५ रुपैयाँसम्ममा किनबेच भइरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३ गते १३:१८

३ चैत, काठमाडौं । बजारमा सागको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति तथ्यांकले रायो सागको भाउ बढेको देखाएको हो ।

आइतबार कालीमाटी बजारमा रायो सागको भाउ थोकमा ३० देखि ४० रुपैयाँ छ । कालीमाटीमा १५ फागुनमा रायो साग प्रतिकिलो थोक मूल्य १५ देखि २५ रुपैयाँमा किनबेच भइरहेको थियो । अहिले रायो सागदेखि अन्य साग पनि किलोको ७५ रुपैयाँसम्ममा किनबेच भइरहेका छन् ।

यस्तै, कालीमाटी बजारमा पालुंगो साग ५० देखि ५५ रुपैयाँ, चम्सुर साग ७० देखि ७५, तोरी साग ३० देखि ३५ र मेथी साग ४० देखि ५१ रुपैयाँ ६७ पैसामा कारोबार भइरहेको छ ।

अहिले सागको सिजन सकिन लागेको र आपूर्ति कम भएकाले पनि सागको मूल्य बढ्दै गएको व्यवसायीहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?