 
																			५ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसअन्तर्गत काठमाडौं उपत्यकाको ११ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को नयाँ नेतृत्वका लागि मतदान भइरहेको छ ।
क्याम्पसहरूमा बिहान ८ बजेदेखि मतदान जारी छ । सम्बन्धित क्याम्पसका प्रमुखका अनुसार चुनाव शान्तिपूर्णरुपमा भइरहेको छ ।
महाराजगञ्ज चिकित्सा क्याम्पसमा ४०० मत खसेको छ । क्याम्पस प्रमुख डा। सुरेश उप्रेका अनुसार १०:४५ सम्म ४ मत खसेको हो । ‘शान्तिपूर्ण मतदान भइरहेको छ,’ उनले भने । महाराजगञ्ज चिकित्सा क्याम्पसमा १६७१ मतदाता रहेका छन ।
सानोठिमी क्याम्पसमा साढे १० देखि मतदान सुरु भएको छ । केही प्राविधिक समस्याका कारण ढिला गरी सुरु भएको निर्वाचन आचारसंहिता प्रमुख जगतकृष्ण पोखरेलले बताए । ‘भर्खर मतदान सुरु भएको छ । प्राविधिक समस्याले ढिला गरी सुरु भएको हो,’ उनले भने ।
उनका अनुसार सानोठिमीमा १४५६ जना मतदाता रहेका छन् ।
काठमाडौं भोटाहिटीस्थित ललितकला क्याम्पसमा पनि स्ववियु चुनाव भइरहेको छ । पूर्वक्याम्पस प्रमुख रमेश पोखरेलका अनुसार क्याम्पसमा चुनाव भइरहेको छ । ललितकलमा ५२३ मतदाता रहेका छन् ।
महेन्द्ररत्न क्याम्पस ताहाचलमा स्ववियु चुनावको मतदान भइरहेको छ । क्याम्पस प्रमुख गेहेन्द्रप्रसाद दाहालका अनुसार मतदान शान्तिपूर्ण वातवरणमा भइरहेको छ । १०ः२५ सम्म २०० मत खसेको छ । ‘धमाधम मतदान भइरहेको छ । कुल विद्यार्थ ३५ सय भए पनि १६१५ जनाले भर्ना गरेर कार्ड लिएका छन् । भर्ना भएकाले मतदान गर्ने छन्,’ उनले भने ।
पाटन संयुक्त क्याम्पसमा १०० मत खसेपछि चुनाव रोकिएको छ । मतदाता कार्डमा विवाद भएपछि चुनाव रोकिएको क्याम्पसका सहायक क्याम्पस प्रमुख कृष्ण बिकेले बताए । ‘आधा घण्टाअघि चुनााव रोकिएको छ । मतदाता कार्डको विवाद मिलाउन उम्मेदवार, संगठनका प्रतिनिधि र क्याम्पस प्रमुख सहितको बैठक बसिरहेको छ,’ उनले भने । पाटनमा बिहान पौने ९ बजेदेखि मतदान सुरु भएको थियो ।
उपत्यकामा चुनाव भएका क्याम्पस
थापाथली इन्जिनयरिङ क्याम्पस
पुल्चोक इन्जिनयरिङ क्याम्पस
नेपाल कमर्श क्याम्पस
आयुर्वेद क्याम्पस
महेन्द्ररत्न क्याम्पस ताहाचल
ललितकला क्याम्पस
भक्तपुर बहुमुखी क्याम्पस
सानोठिमी क्याम्पस
महारजगन्ज नर्सिङ क्याम्पस
महारजगन्ज चिकित्सा क्याम्पस
जनप्रशासन क्याम्पस
पाटन संयुक्त क्याम्पस
त्रिभुवन विश्वविद्यालयका अनुसार ४५ वटा आंगिक क्याम्पसमा स्ववियु चुनावको मतदान भइरहेको छ । त्रिविका शिक्षाध्यक्ष प्राडा खड्ग केसीका अनुसार चुनाव हुन बाँकी क्याम्पसमा सहमतिको प्रयास भइरहेको छ ।
त्रिविको ६४ वटा अंगिक क्याम्पस र १ हजार ५३ वटा सम्बन्धन प्राप्त क्याम्पस छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4