१८ चैत, काठमाडौं । त्रिवि विश्वविद्यालय क्याम्पसको स्ववियु निर्वाचन अन्तर्गत मतदान सकिएको छ । बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान चलेको थियो ।
निर्वाचन समितिका अधिकृत कृष्णप्रसाद न्यौपानेका अनुसार यहाँ कुल ३ हजार १ सय १८ मत खसेको छ ।
त्रिवि विश्वविद्यालयमा ६ हजार २ सय ४६ मतदाता थिए । करिब ५० प्रतिशतमात्रै मत खसेको छ ।
‘मतदान सकियो । मुचुल्का उठाउँदै छौं,’ न्यौपानेले भने, ‘केहीबेरमा गणना सुरु हुन्छ ।
त्रिवि क्याम्पसमा विद्युतीय मतदान भएको थियो । ‘इलेक्ट्रोनिक मतदान भएकाले आजै नतिजा आउँछ,’ न्यौपानेले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
            
                            
                        
                    
                            
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4