+
+
Shares

नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १९ गते १०:५१

१९ चैत, काठमाडौं । नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चुडामणि चापागाईं नियुक्त भएका छन् ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले उनलाई नेप्से सीईओमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । झापाका चापागाईंले लामो समय सानिमा बैंक तथा सानिमा  रिलायन्स लाइफ इन्स्योरेन्समा रहेर काम गरेका छन् ।

यसअघि नेप्सेको सीईओमा नारदकुमार लुइँटेललाई नियुक्त गरिए पनि सो निर्णय मुख्यसचिवबाट प्रमाणित भएन । पर्यटन व्यवसायी समेत रहेका लुइँटेलको नाम सिफारिस हुँदा आलोचना हुन सक्ने भएपछि मन्त्रिपरिषदले पुनः अर्को नाम नियुक्त गरेको हो । नेप्सेको सीईओ पद माघ २५ गतेदेखि रिक्त छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?