+
+
Shares

म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दाबी

राज्य व्यवस्था तथा सुशासन समितिमा आईजीपी दिपक थापाले भने– ‘म्याद गुज्रिएका अश्रुग्यास नष्ट गर्ने गरिएको छ । हामीसँग मौज्दातमा रहेका अश्रुग्यास मात्र तीनकुने प्रदर्शनमा प्रयोग गरिएको हो’

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २२ गते १५:१४

२२ चैत, काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दिपक थापाले म्याद नाघेको अश्रुग्यास प्रहार नभएको बताएका छन् ।

राज्यव्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै आईजीपी थापाले म्याद गुज्रिएका अश्रुग्यास प्रयोग नभएको बताएका हुन् ।

‘म्याद नाघेको, ननाघेको विषयमा मलाई जानकारी भएन,’ समितिका सभापति रामहरि खतिवडाले म्याद नाघेका अश्रुग्याँस प्रहार भयो भन्ने आएको छ नि भनेर सोधेपछि जवाफ दिँदै थापाले भने ।

उनले अगाडि थपे, ‘म्याद नाघेका अश्रुग्यास प्रहार भयो भन्ने सन्दर्भ कसरी आयो मलाई थाहा भएन । म्याद नाघेका प्रयोग गरेका छैनौं । म्याद नाघेका अश्रुग्यास नष्ट गर्ने गरिएको छ । हामीसँग मौज्दातमा रहेको मात्र प्रयोग गरिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?