+
+
Shares

बुटवल उच्च अदालतमा रवि र छविको सुनुवाइ सकियो, आदेश आउँदै

अदालतका सूचना अधिकारी राम बहादुर कुँवरले बहस सकिएसँगै आदेश जारी हुने जानकारी गराए । ‘बहस सकिएको छ, अब आदेश जारी हुन्छ,’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २२ गते १५:३०

२२ चैत, काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा जिल्ला अदालतले दिएको आदेश खारेजीको माग गर्दै रास्वपा सभापति रवि लामिछाने र छविलाल जोशीले उच्च अदालतमा दर्ता गरेको रिटमा सुनुवाइ सकिएको छ ।

जिल्ला अदालतले दिएको आदेशविरुद्ध उनीहरूले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पुनरावेदन निवेदन दिएका थिए ।

उक्त रिटमा शुक्रबार बहस सकिएको अदालतकी वैतानिक वकिल कपिला शर्माले अनलाइनखबरलाई जानकारी दिइन् ।

‘केहीबेरअघि बयान सकिएको छ । आदेशबारे प्रशासनमा काम हुँदैछ,’ उनले भनिन् ।

अदालतका सूचना अधिकारी राम बहादुर कुँवरले बहस सकिएसँगै आदेश जारी हुने जानकारी गराए ।

‘बहस सकिएको छ, अब आदेश जारी हुन्छ,’ उनले भने ।

यसअघि बिहीबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको थियो । सोही मुद्दामा जोशीलाई भने पुर्पक्षका लागि थुनामा पठाइएको थियो ।

छविले पनि धरौटीमा छाड्नुपर्ने भन्दै उच्चमा निवेदन दर्ता गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?