+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कुनै पनि दलको बहुमत आउन गाह्रो छ : देउवा

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३१ गते १३:१५

३१ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको संविधान सबैलाई मिलाउन सक्ने खालको भएको बताएका छन् ।

समावेशी र समानुपातिक आधारमा देश अघि बढिरहेको बताउँदै उनले संविधानले महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए ।

आइतबार नेपाल मुस्लिम संघको इद मिलन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले कुनै पनि दलको बहुमत आउन गाह्रो भएको भए पनि सबैलाई मिलाएर अघि बढ्ने संविधान भएको बताए ।

‘हाम्रो देश समावेशी र समानुपातिकताको आधारमा अघि बढिरहेको छ । यसमा मुस्लिम समुदायको पनि प्रतिनिधित्व छ,’ पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले भने, ‘नेपालको संविधान अत्यन्तै राम्रो छ । कुनै पनि पार्टीको बहुमत आउन गाह्रो छ । तर, पनि सबैलाई मिलाउन सक्ने संविधान छ ।’

उनले मुस्लिम समुदायबाट पनि धेरै नेताहरूको प्रतिनिधित्व आफ्नो पार्टीमा रहेको भन्दै उक्त विषय खुसीको कुरा रहेको बताए ।

‘अहिलेको संविधानले अत्यन्तै ठूलो महत्त्वपूर्ण भूमिका खेलेको छ । हाम्रो पार्टीले पनि हाम्रो पार्टीभित्र सबैलाई समावेशी समानुपातिक किसिमको विधान छ । मुस्लिम समुदायबाट पनि ठूला ठूला नेताहरू हुनुहुन्छ,’ देउवाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?