+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

४ करोडमा बन्यो इच्छाकामना गाउँपालिका भवन, प्रधानमन्त्रीले आज उद्घाटन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ५ गते ८:२२

५ वैशाख, चितवन । चितवनको एक मात्रै गाउँपालिका इच्छाकामनाको चार तले प्रशासकीय भवन तयार भएको छ ।

चार करोड दुई लाख ३९ हजार ७२५ रुपैयाँको लागतमा तयार भएको प्रशासकीय भवनको आज बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले जानकारी दिए ।

प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकोप्टरबाट इच्छाकामना गाउँपालिका आउनेछन् । प्रधानमन्त्रीले भरतपुरमा बनेको ६ लेनको सडक, एमाले भरतपुर महानगरको दोस्रो अधिवेशन र नारायणगढ बुटवल तथा कालीगण्डकी करिडोरकोसमेत अनुगमन निरीक्षण गर्ने कार्यक्रम छ ।

इच्छाकामना गाउँपालिका अध्यक्ष गुरूङले बहालवाला प्रधानमन्त्री पालिकामा पहिलोपटक आउन लागेकोमा खुसी भएको बताए । सो अवसरमा पूर्वजनप्रतिनिधि र उत्कृष्ट करदातालाई सम्मान गर्ने कार्यक्रम छ ।

पालिका अध्यक्ष गुरुङका अनुसार नवनिर्मित भवनको भुईं तलामा प्रशासनिक कार्यालय, लेखा, सामाजिक विकास शाखा छन् । पहिलो तलामा पालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कक्ष, दोस्रो तलामा शिक्षा स्वास्थ्य, पञ्जीकरण, प्रधानमन्त्री रोजगार शाखा, तेस्रो तलामा सभा हल रहेको छ ।

भवनको काम किस्ता किस्ता गरेर पूरा भएको पालिका अध्यक्ष गुरूङले जानकारी दिए । ‘हामी आउँदा भवनको एक तला मात्रै थियो, काम यति कै थियो, पछि हामीले भवनलाई पूर्णता दिने, ब्यूटिफिकेशनको काम गर्‍यौं’,  पालिका अध्यक्ष गुरूङले भने‘, ‘अहिले हेर्दा आकर्षक बनेको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?