+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

शिक्षा मन्त्रालयमा मेरो रुचि पनि छैन, विज्ञता पनि छैन : डा. शाक्य

उनले तत्काल मन्त्री नबन्ने बताइन् । डा. शाक्यले अनलाइनखबरसँग भनिन्, ‘शिक्षा मन्त्रालयमा मेरो रुचि पनि छैन, विज्ञता पनि छैन ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ९ गते ९:५५

९ वैशाख, काठमाडौं । एमाले सांसद विद्या भट्टराईले शिक्षा मन्त्री पदबाट राजीनामा दिएपछि अब शिक्षा मन्त्री को बन्ला भन्ने चासो भइरहेको छ । यही सन्दर्भमा कतिपयले राष्ट्रिय सभा सदस्य डा. अन्जान शाक्य सम्भावित शिक्षा मन्त्रीको रुपमा प्रचार गरिरहेका छन् ।

डा. शाक्य चाहिं के भन्छिन् ? हामीले यो जिज्ञासा शाक्यलाई राखेका थियौं । उनले तत्काल मन्त्री नबन्ने बताइन् । डा. शाक्यले अनलाइनखबरसँग भनिन्, ‘शिक्षा मन्त्रालयमा मेरो रुचि पनि छैन, विज्ञता पनि छैन ।’

कतिपयले प्रधानमन्त्री केपी शर्मा ओलीले अन्जान शाक्यलाई शिक्षा मन्त्री बनाउन चाहेको समाचार लेखेका छन् । शाक्यले भने त्यसलाई ‘भ्रामक र कपोलकल्पित’ भनेर टिप्पणी गरिन् ।

उनले आफू भर्खरै अन्तर–व्यवस्थापिका संघ (आईपीयू) को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट निर्वाचित भएको भन्दै उनले तत्कालका लागि यही जिम्मेवारी निर्वाह गर्ने बताइन् ।

‘अहिले मेरो पहिलो कर्तव्य उक्त संस्थामा गरेका प्रतिबद्धता पूरा गरी नेपालको प्रतिष्ठा विश्व जगतमा थप उच्च पार्ने हो, राष्ट्रिय सभाको विज्ञ सदस्यको हैसियतले अहिले ऐन कानुन बनाउने हो’ उनले भनिन्, ‘त्यसैले अहिले तुरुन्तै मन्त्री भएर अहिलेका यी आफ्ना कर्तव्यबाट विमुख हुनुहुन्न भन्नेमा म प्रतिबद्ध छु ।’

उनले केही मानिसले आफूप्रति पूर्वाग्रह राखेर अहिलेको शिक्षा क्षेत्रमा देखिएका समस्यामा मुछ्ने प्रयास गरेको शंका समेत गरेकी छन् । ‘गलत स्वार्थसहित फैलाइएको भ्रमको पछि नलाग्न म अनुरोध गर्दछु,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?