 
																			१५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५ औँ महाधिवेशन आगामी मंसिरमा हुनुपर्ने भएपनि कोही पदाधिकारी नबोलेको बताएका छन् ।
बीपी कोइराला सोसलिस्ट इन्टरनेशनल नेपालद्वारा सोमबार काठमाडौंमा आयोजित ‘वीपीको समाजवाद र स्थानीय सरकार’ नामक पुस्तक लोकार्पण तथा ‘आजको सन्दर्भमा बीपीको समाजवादी चिन्तनको सार्थकता र सान्दर्भिकता’ विचार गोष्ठीमा उनले बताएका हुन् ।
पार्टीका भ्रातृ संस्थाहरू लथालिङ्ग भएको बताउँदै उनले पार्टीको १५ औँ महाधिवेशन आगामी मंसिरमा हुनुपर्ने भएपनि हुन्छ/हुँदैन भन्ने कोही नेतृत्व तथा पदाधिकारी नबोलेको धारणा राखे ।
‘नेपाली कांग्रेसको कुरा गरौँ, भ्रातृ संस्थाहरू लथालिंग छ, महाधिवेशन २०८२ को मंसिरमा हुनुपर्ने हो । हुन्छ/हुँदैन, कोही नेतृत्व/पदाधिकारीहरू बोल्नुहुन्न,’ उनले भने, ‘यसरी त पार्टी पनि चल्दैन, मुलुक पनि चल्दैन । को प्रधानमन्त्री हुने, को मन्त्री हुनेसँग जनतालाई सरोकार छैन ।’
सांसद कोइरालाले जनतालाई को प्रधानमन्त्री हुने र को मन्त्री हुने भन्नेमा सरोकार नभएको समेत बताए ।
‘म सडकको जनताको कुरा गर्दैछु । नागरिकले धेरै कुरा खोजेका छैनन् । उनीहरूले तिमीहरू भ्रष्टाचार रोक, भ्रष्टाचार हुन नदेऊ भनेका छन्,’ उनले भने ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4