 
																			१७ वैशाख, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीको विदेश विभागका इन्चार्ज डा. विजय चौथाइवाले राजनीतिक भेटघाटमा छन् ।
उनी बुधबार बिहान काठमाडौं आइपुगेका थिए । दिउँसो उनले प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।
देउवालाई भेट्न चौथाइवाले उनकै निवास बुढानीलकण्ठ पुगेका थिए । भेटमा देउवा पत्नी तथा परराष्ट्रमन्त्री आरजु राणा पनि उपस्थित थिइन् ।
संयुक्त फोटो सामाजिक सञ्जालमा राख्दै मन्त्री राणाले भेट फलदायी भएको लेखेकी छन् । भेटमा नेपाल–भारत सम्बन्धको विस्तृत पक्षहरूको समीक्षा गरिएको उनले उल्लेख गरेकी छन् ।
चौथाइवाले त्यसअघि अन्य नेताहरूसँग समेत भेटेका छन् ।
चौथाइवाले गृहमन्त्री रमेश लेखकलाई भेट्न सिंहदरवारस्थित गृह मन्त्रालय पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4