+
+
Shares

सरकारसँगको सहमतिले शिक्षक नेतामाथि खनिए विद्यालयका कर्मचारी

विद्यालयका कर्मचारीहरूले आफूहरूको माग मुद्दा समावेश नभएको भन्दै बैठकमा प्रश्न उठाएका छन् । उनीहरूले बैठकमा हो–हल्ला गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १८ गते १४:०३

१८ वैशाख, काठमाडौं । सरकार र शिक्षक महासंघबीच बुधबार भएको सहमतिबारे जानकारी दिन आयोजित कार्यक्रममा होहल्ला भएको छ । बिहीबार काठमाडौंको रत्नराज्य माध्यामिक विद्यालयमा राखिएको कार्यक्रममा विद्यालय कर्मचारीहरू असन्तुष्ट हुँदै विरोध जनाएका हुन् ।

शिक्षकहरूले गरेको सहमतिमा विरोध जनाउँदै उनीहरू नेतृत्वमाथि खनिएका हुन् ।

विद्यालयका कर्मचारीहरूले आफूहरूको माग मुद्दा समावेश नभएको भन्दै बैठकमा प्रश्न उठाएका छन् । उनीहरूले बैठकमा हो–हल्ला गरेका छन् ।

कर्मचारीहरूले होहल्ला गरेपछि समाचार संकलनका लागि पुगेका सञ्चारमाध्यमलाई पनि बाहिर निकालिएको छ ।

‘आफ्नो माग मुद्दामा परेन भनेर विद्यालय कर्मचारीहरूले असन्तुष्टि जनाउनु भएको हो,’ महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् ।

आन्दोलनको उपलब्धिको जानकारी र बधाई दिन कार्यक्रम आयोजना गरिएको उनले बताइन् ।

गत चैत २० देखि सडक आन्दोलन गरिरहेका शिक्षकहरूले हिजोमात्रै सरकारसँग ९ बुँदे सहमति गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?