+
+
Shares

सौगात र अनुपविक्रमको उपस्थितीमा सिक्किममा ‘जार’को प्रिमियर

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १८ गते १८:२३

सिक्किम । प्रदर्शन तयारीमा रहेको फिल्म ‘जार’लाई सिक्किममा प्रिमियर गरिएको छ । गान्तोकस्थित वज्र थिएटरमा आयोजित प्रिमियरमा सिक्किमबाट नेपाली फिल्ममा प्रतिनिधित्व गर्ने फिल्मकर्मीसहित उपस्थित थिए ।

प्रिमियरमा सहभागी हुन नेपालबाट निर्देशक फुर्वा छिरिङ लामाको नेतृत्वमा अभिनेताद्वय सौगात मल्ल र अनुपविक्रम शाही लगायत पुगेका थिए । अभिनेत्री गीताञ्जली थापा भने प्रिमियरमा सहभागि रहिनन् । निर्माताले उनको अनुपस्थितीलाई पारिवारिक कारण भनेको छ ।

फिल्म हेरेपछि दर्शकले सकारात्मक प्रतिक्रिया दिएको जनाइएको छ । दर्शकले कलाकार, निर्देशक, छायाकंन, पाश्र्वध्वनि र भीएफएक्सको प्रशंसा गरेको जनाइएको छ । गायिका तथा संगीतकार झुमा लिम्बुको संगीत पनि प्रशंसित बन्यो ।

साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित फिल्मले कृतिलाई न्याय गरेको फिल्मकर्मी साम्तेन भुटियाले बताए । नेपाली मौलिकता पस्केको यो फिल्म अभिनय, निर्देशक र प्राविधिक पक्षमा अब्बल बनेको उनको भनाइ छ ।

‘धेरै चलचित्रमा निर्देशकलाई भेट्नै मुस्किल पर्छ, यो चलचित्रमा हरेकजसो दृश्यमा निर्देशकलाई पाउन सकिन्छ, राम्रो चलचित्रको बलियो पक्ष नै यो हो’ उनले भने, ‘धेरै लामो दृश्यमा संवाद नै नराखी पनि निर्देशकले दर्शकलाई होल्ड गर्न सफल छ, एउटा सृजनशील मेकर नेपाली चलचित्रले पाएको छ ।’

अभिनेता उत्तम प्रधानले फिल्म उत्कृष्ट बनेको बधाई दिए । समाजको विगत थाहा पाउन पनि यो फिल्म एकपटक हेर्नुपर्ने उनको सल्लाह छ । निर्देशक लामाले सोचेको भन्दा राम्रो प्रतिक्रिया पाएको भन्दै कतिपय ठाउँमा गरिएका नयाँ प्रयोग र जोखिमलाई दर्शकले अनुमोदन गरेको बताए ।

अभिनेताद्वय सौगात र अनुपविक्रमले सिक्किमेली दर्शकसँगै बसेर फिल्म हेर्दा राम्रो प्रतिक्रिया पाएको भन्दै फिल्मप्रेमी दर्शकलाई ‘जार’ले तृप्त बनाउने बताए । सिक्किमपछि मे ३ तारिखमा सिलिगुडीमा पनि प्रिमियर गरिने भएको छ ।

‘जार’ बैशाख २६ गतेदेखि प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?