+
+
Shares

कटारीमा जिप दुर्घटना हुँदा दमक नगरपालिकाका अधिकृतको मृत्यु, ६ जना घाइते

दुर्घटनामा दमक–३ का ५५ वर्षीय माधव बस्नेतको मृत्यु भएको हो । उनी दमक नगरपालिकाका अधिकृत हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १८ गते १९:५४

१६ वैशाख, विराटनगर । उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा झापाको दमक नगरपालिकाका एक अधिकृतको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय कटारीका डीएसपी कमल बजगाईंका अनुसार मदन भण्डारी लोकमार्ग हुँदै चितवनबाट झापाको दमकतर्फ आउँदै गरेको मे १ च ३०४० नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा दमक–३ का ५५ वर्षीय माधव बस्नेतको मृत्यु भएको हो । उनी दमक नगरपालिकाका अधिकृत हुन् ।

दुर्घटनामा दमक वडा नम्बर १० का अध्यक्ष राजेन्द्र भण्डारी, ६ का वडा सदस्य कमल श्रेष्ठसहित ६ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार सवारी चालक ३८ वर्षीय देवेन्द्र तामाङ, दमक १ का ४५ वर्षीय ज्ञानेन्द्र गौतम, दमक २ का ३८ वर्षीय नवीन खतिवडा र गौरादह नगरपालिका– १ का ५४ वर्षीय भुवन दाहाल घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?