+
+
Shares

राजावादी मुभमेन्टमा भारतको समर्थन छैन : भाजपा नेता चौथाइवाले

नेपालको तीन दिने भ्रमणमा रहेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले नेपालमा राजतन्त्र फर्काउने अभियानमा भारतको समर्थन र सम्बन्ध नरहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १९ गते १४:४७
Photo Credit : पुनकाे सचिवालय ।
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले ।

१९ वैशाख, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले नेपालमा राजतन्त्र फर्काउने अभियानमा भारतको कुनै समर्थन नरहेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसँग शुक्रबार भएको भेटमा डा. चौथाइवालेले भारत नेपालको वर्तमान संविधान र वर्तमान व्यवस्थाको पक्षमा रहेको स्पष्ट पारेका हुन् ।

माओवादी उपमहासचिव पुनको सचिवालयले भन्यो, ‘चौथाइवालेसँगको भेट सौहार्दपूर्ण रह्यो । नेपालमा राजावादी मुभमेन्टमा भारतको कुनै समर्थन र सम्बन्ध नरहेको उहाँले बताउनुभयो ।’

भेटमा भारतीय जनता पार्टी र माओवादी केन्द्रको बीचको सम्बन्ध अझ सुदृढ बनाउनुपर्ने चर्चा पनि भएको थियो ।

‘दुई पार्टीबीचको सम्बन्ध विगतमा पनि राम्रो छ, आगामी दिनमा अझ सुमधुर बनाएर लैजानुपर्छ भन्ने छलफल भएको छ,’ सचिवालयले भन्यो ।

पूर्वअर्थमन्त्री समेत रहेका पुनसँगको भेटमा चौथाइवालेले पहलगाममा हालै भएको आतंकवादी हमलालाई लिएर नेपालका राजनीतिक दलले आतंकवादको विरोध गर्दै भारतको पक्षमा गरेको समर्थनप्रति खुसी व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?