+
+
Shares
नीति तथा कार्यक्रम :

एकीकृत सामाजिक सुरक्षा कोषको अवधारणा लागु गरिने

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १९ गते १५:४७

१९ वैशाख, काठमाडौं । सरकारले सामाजिक सुरक्षामा एकीकृत अवधारणालाई थप सुदृढ गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आवको नीति तथा कायक्रम संसदको संयुक्त बैठकमा पेश गर्दै यस्तो बताए ।

उनले कर्मचारी संचयकोष, नागरिक लगानीकोष लगायत निकायबाट सञ्चालित सामाजिक सुरक्षाका कार्यक्रमबीच समन्वय गर्ने घोषणा गरे ।

सामाजिक सुरक्षा कोष सुदृढिकरण रणनीति कार्यान्वयन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । बीमा सेवालाई भरपर्दो र सुदृढ बनाउने घोषणा समेत सरकारले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?