+
+
Shares

नीति तथा कार्यक्रममा नयाँपन देखिएन : रास्वपा

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १९ गते १७:०५

१९ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले कुनै नयाँपन नल्याएको दाबी गरेका छन् ।

संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

‘नीति तथा कार्यक्रमले खासै केही नयाँपन देखिएन । यो अत्यन्तै सरकार थाकेर, हारेर कल्पनाशीलता गुमाएर केही पनि नयाँ सिर्जनशील कामको घोषणा गर्न सकेको छैन,’ उनले भने ।

पछिल्लो केही दशकदेखि सुनेका कार्यक्रमको निरन्तरता अहिले पनि देखिएको उनले बताए । ‘०७४ को चुनावपछि दुई तिहाइको सरकार बन्दा पूरा गर्न नसकिने हावादारी भएपनि सुन्दा रमाइलो लाग्ने कार्यक्रम देखिन्थ्यो । तर, आज यो सरकारमा कल्पनाशीलता कतै पनि देखिँदैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?