+
+
Shares

‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रोसेस पाण्डेलाई

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १९ गते २२:५१

काठमाडौं । सांगीतिक रियालिटी टिभी शो ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजनको उपाधि धादिङका प्रोसेस पाण्डेले जितेका छन् । शुक्रबार राती आयोजित ग्राण्ड फिनालेमा टीम खेम सेन्चुरीको समूहका प्रतिस्पर्धी पाण्डे विजेता घोषित भए ।

कोच मेलिना राईको समूहबाट खोटाङका रोशन राई फस्ट रनरअप घोषित भए । कोच राजु लामाको समूहका इलामका प्रमेश राई सेकेन्ड रनरअप घोषित भए । कोच उदय सोताङको समूहबाट प्रतिस्पर्धी गरेकी सिक्किमकी अर्पणा आचार्य थर्ड रनरअप घोषित भइन् ।

विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल लगायतका अतिथिले पुरस्कार प्रदान गरे । विजेता भएसँगै पाण्डेले भ्वाइसबाट २० लाख नगद प्राप्त गरे भने अन्य दुई प्रायोजकबाट १/१ लाख रुपैयाँ प्राप्त गरे ।

जितपछि संक्षिप्त प्रतिक्रिया दिँदै पाण्डेले आफ्नो जित फरक क्षमता भएकाहरूको जित भएको बताए । ‘फरक क्षमता भएकाहरू पनि गायनमा उत्कृष्ट हुनसक्छन् भन्ने प्रमाणित भएको छ’ उनले भने ।

फिनाले समारोहमा ‘भ्वाइस’को सिजन ३ का विजेता किरण गजमेरले आफ्नो मौलिक गीतमा प्रस्तुति दिए । उनले मेलिना राईसँग कुनैबेलाको हिट गीत ‘छपक्कै फूल फुल्यो बाटोमै’मा सानदार प्रस्तुति दिए ।

कोच राजुले प्रमेशसँग बहुचर्चित गीत ‘बादल पारीको देशबाट’मा प्रस्तुति दिए । कोच खेमले प्रशेषसँग ‘रम रम मरौटी’मा प्रस्तुति दिए । कोच सोताङले अर्पणासँग गीत गाए । फिनालेअघि नै बाहिरिएकी इन्द्रकला राईले पनि प्रस्तुति दिएकी थिइन् ।

२ महिनादेखि हिमालय टिभीमा प्रसारण हुँदै आएको भ्वाइसको छैटौं सिजन निकै चर्चित पनि रह्यो । यो सिजनमा पहिलोपटक लोकसंगीतलाई प्रतिनिधित्व गर्दै चर्चित लोकगायक खेम सेन्चुरी कोचको रुपमा सहभागी रहे । यो सिजनमा सर्वाधिक चारै कुर्सी घुम्नेको कीर्तिमान पनि रह्यो ।

हिमालय टिभीले लगत्तै भ्वाइसको किड्स संस्करण सुरुवात गर्दैछ ।

तस्वीरहरू : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?