+
+
Shares

पूर्वराजालाई तुरुन्तै गिरफ्तार गर्न माओवादी सांसदको माग

गत १५ चैतमा तीनकुनेमा भएको हित्सात्मक प्रदर्शनको माइक्रो म्यानेजमेन्ट पूर्वराजा ज्ञानेन्द्रले मिलाएको दावी गर्दै सांसद भुवनबहादुर सुनारले तुरुन्त गिरफ्तार गर्न माग गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २१ गते १३:३४
माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनार र पूर्वराजा ज्ञानेन्द्र शाह ।

२१ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तुरुन्तै गिरफ्तार गर्न माग गरेका छन् ।

राष्ट्रिय सभाको आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै उनले सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गिरफ्तार ढिलाइ गरिरहेको भनेर पनि प्रश्न उठाए ।

‘… चैत १५ गते तीनकुनेमा उत्पात मच्चाउने घटनाको माइक्रो म्यानेजमेन्ट मिलाउने ज्ञानेन्द्र शाहलाई तुरुन्त गिरफ्तार गर्नुपर्ने थियो । सरकार अहिलेसम्म के हेरेर बसेको छ ?’ उनले प्रश्न गरे, ‘सरकारले किन ढिलासुस्ती गरेको हो ?’

पूर्वराजा शाहलाई कारबाहीको दायरामा ल्याउन उनले पुनः आग्रह गरे । गत १५ चैतमा तीनकुनेमा निर्णायक आन्दोलन भनेर राजतन्त्र पक्षधरहरूले प्रदर्शन गरेका थिए । हिंसात्मक भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो ।

निजी सम्पति, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र, सवारीसाधन र सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो । सञ्चारमाध्यमका कार्यालयमा समेत तोडफोड र आगजनीका प्रयास भएका थिए ।

यस्तो कार्यको माइक्रो म्यानेजमेन्ट पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको माओवादी सांसद सुनारले दावी गरे । यसकारण पूर्वराजा ज्ञानेन्द्रलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको आग्रह छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?