+
+
Shares

माओवादी केन्द्रले २ जेठबाट मध्यपहाडी लोकमार्ग अभियान चलाउने

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २१ गते १७:०३
जनतासँग माओवादी तराई–मधेश जागरण अभियानका क्रममा नवलपुरको गैंडाकोटका नागरिकसँग प्रचण्ड ।

२१ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग अभियान सञ्चालन गर्ने भएको छ ।

आइतबार बिहान बसेको पार्टी पदाधिकारी बैठकले आगामी जेठ २ गतेबाट अभियान सुरु गर्ने निर्णय लिएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

त्यस्तै, बैठकले बैठकले हालै सम्पन्न ‘हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ को समीक्षा पनि गरेको छ ।

सो अभियानले राष्ट्रिय एकता सुदृढ गर्न सफल भएकोले माओवादी केन्द्रको मात्र नभई सम्पूर्ण राष्ट्रकै अभियान बन्न पुगेको निष्कर्ष पार्टीले निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?