+
+
Shares

विद्यालय शिक्षा विधेयकमाथि संसदीय समितिमा छलफल हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २२ गते १०:५७
फाइल तस्वीर ।

२२ वैशाख, काठमाडौं । विद्यालय शिक्षा विधेयकमाथि संसदीय समितिमा छलफल हुँदैछ ।

यस निम्ति प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो साढे ३ बजे बस्दैछ ।

सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा विद्यालय शिक्षा विधेयकमाथि छलफल हुनेछ ।

यो विधेयकमाथि सहमति जुटाउने गरी समितिले उपसमिति गठन गरेको थियो । उपसमितिको कार्य प्रगतिका विषयमा मूल समितिमा छलफल हुनेछ ।

११ सदस्यीय उपसमितिको संयोजकत्वमा छविलाल विश्वकर्मा छन् ।

उपसमितिमा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेल, सुमना श्रेष्ठ, सांसदहरू रेखा शर्मा, डिगबहादुर लिम्बू, महेन्द्रकुमार राय, रामप्रकाश चौधरी, विनिताकुमारी सिंह, बिना जैसवाला सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?