+
+
Shares

दुई दिनदेखि बेपत्ता थिए गोपाल टन्डन, हाइटेन्सन लाइनको खाल्डोमा मृत भेटिए

खोजीको क्रममा २० वर्षका टन्डन बुटवल उपमहानगरपालिका-११ स्थित हाइटेन्सन लाइनको खाल्डोमा मोटरसाइकल सहित फेला परे । प्रहरीले उनको दुर्घटनामा परेर मृत्यु भएको बताएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २२ गते १२:४६

२२ वैशाख, बुटवल । रूपन्देहीको तिलोत्तमा–२ शंकरनगरका गोपाल टन्डन दुई दिनदेखि बेपत्ता थिए । उनी लु ४८ प ३११७ नम्बरको मोटरसाइकल सहित आइतबारदेखि बेपत्ता थिए ।

उनको परिवारले टन्डनको खोजीका लागि प्रहरीमा निवेदन समेत दिएका थिए । हराएको निवेदन परेसँगै प्रहरीले उनको खोजी कार्यलाई तीव्रता दिएको थियो ।

खोजीको क्रममा २० वर्षका टन्डन बुटवल उपमहानगरपालिका-११ स्थित हाइटेन्सन लाइनको खाल्डोमा मोटरसाइकल सहित फेला परे । प्रहरीले उनको दुर्घटनामा परेर मृत्यु भएको बताएको छ।

प्रहरीका अनुसार हाइटेन्सन लाइनलाई हटाएर मोनोपोल जडान गर्न बनाइएको खाडलमा टन्डन मोटरसाइकलसहित मृत भेटिएका हुन् ।

रातिको समयमा अनियन्त्रित रूपमा मोटरसाइकल हुइकाउँदा टन्डनको खाल्डोमा परेर ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी इन्द्रबहादुर रानाले टन्डनको शव र उनले चलाएको लु ४८ प ३११७ नम्बरको मोटरसाइकल सोमबार बिहान फेला परेको बताए ।

‘परिवारले आइतबार युवक हराएको भनेर निवेदन दिनुभएको रहेछ,’ डीएसपी रानाले भने, ‘राति दुई बजेटेको समयमा तीव्र गतिमा चलाएको मोटरसाइकल माटोको ढिस्को नाघेर खाडलमा परेको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

टन्डनको शव पोष्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?