+
+
Shares

काठमाडौंको सुकुमवासी बस्तीमा खानेपानीको अभाव, सांसदले गरे सरकारको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २२ गते १३:२६
फाइल तस्वीर

२२ वैशाख, काठमाडौं । काठमाडौंको सुकुमवासी बस्तीमा खानेपानीको अभाव रहेको भन्दै सांसदले सरकारको ध्यानाकर्षण गरेका छन् ।

सोमबार प्रतिनिधिसभामा बोल्दै आम जनता पार्टी (आजपा) का सांसद प्रभु साहले यो विषयमा सरकारको ध्यानाकर्षण गरेका हुन् ।

‘काठमाडौंको सुकुमवासी बस्तीमा खानेपानी छैन । सरकारलाई सोध्न चाहन्छु– खानेपानी किन रोक्नुभयो ?,’ उनले प्रश्न गरे ।

खानेपानीको उपलब्धता मौलिक हक भएको उल्लेख गदै उनले भने, ‘के सुकुमवासी नागरिक होइनन् ?’

सुकुमवासी बस्तीमा खानेपानीको उपलब्धताका निम्ति सरकारलाई रुलिङ गर्न उनले सभामुखसमक्ष आग्रह समेत गरेका छन् ।

‘सरकारले मानवता विरोधी गतिविधि गरेको आभास हुन्छ । यसमा (खानेपानीको उपलब्धताका लागि) सरकारलाई रुलिङ होस् । तुरुन्तै खानेपानीको उपलब्धता होस्,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?