+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

नीति तथा कार्यक्रम प्रति सत्ताधारीमै असन्तुष्टि : प्रचण्ड

प्रतिनिधिसभामा आजबाट सुरु भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रचण्डले यस्तो बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २२ गते १३:४७

२२ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रमले सत्ताधारी दलमै पनि उत्साह जगाउन नसकेको बताएका हुन् ।

प्रतिनिधिसभामा आजबाट सुरु भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रचण्डले यस्तो बताएका हुन् ।

‘सत्ताधारी दलका सांसदहरूमा नै नीति तथा कार्यक्रमले आशा र उत्साह पैदा गर्दैन भने आम जनतामा आशा कसरी सञ्चार गर्ला ? यो कार्यक्रम कस्तो र कसका निम्ति आएको रहेछ भन्ने अनुमान लगाउन सकिन्छ,’ उनले भने ।

प्रचण्डले दुईतिहाइको बहुमत प्राप्त सरकारले कुशासन मात्र दिएको बताए । ‘दुईतिहाइको अहंकार बोकेर कुशासनको घोडामा कुदिरहेको सरकार औपचारिता पूरा गर्न मात्र आएको देखिन्छ,’ उनले भने, ‘यो सरकारले जनस्तरको असन्तोष, अर्थतन्त्रको जटिलता कार्यान्वयन गर्न सकेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?