+
+
Shares

आरआर क्याम्पसमा नेविसंघका असन्तुष्ट पक्षले गर्‍यो तोडफोड

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २२ गते १७:२४

२२ वैशाख, काठमाडौं। काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्न राज्‍यलक्ष्मी क्याम्पस (आरआर)मा नेपाल विद्यार्थी संघ (नेविसंघ)का असन्तुष्ट विद्यार्थीहरूले तोडफोड गरेका छन् ।

स्ववियुको निर्वाचन सर्वसम्मत रुपमा गरेकोप्रति असन्तुष्टि जनाउँदै नेविसंघको अर्को पक्षले क्याम्पसमा तोडफोड गरेका हुन् ।

आर.आर क्याम्पस स्ववियु अध्यक्षका उम्‍मेदवार समेत रहेका नेविसंघ केन्द्रीय सदस्य विनोदराज जोशीले तोडफोड भएको बताए ।

‘हाम्रो आन्दोलन थियो। आन्दोलनको क्रममा विद्यार्थीहरूले तोडफोड गरेका हुन् । हाम्रो मुख्‍य माग नै चुनाव गरेर स्ववियु अध्यक्ष छानौं भन्‍ने हो। ‘ उनले भने ।

उनीहरूले क्याम्पस प्रशासनमा रहेका टेबल, कुर्सी, ल्यापटप लगायतका सामानहरू बरण्डाबाट तल फ्याँकिदिएका छन् ।

उनीहरूले रत्न राज्य लक्ष्मी क्याम्पसमा स्ववियुको चुनाव गराउनु पर्ने माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?