+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

आफ्नो पोप अवतारको एआई तस्वीरबारे ट्रम्पः कसले बनायो, थाहा छैन

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २३ गते १२:१८
पोपको भेषमा ट्रम्प

२३ वैशाख, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पोपको भेषमा सामाजिक सञ्जालमा भाइरल बनेको आफ्नो एआई तस्वीरप्रति प्रतिक्रिया जनाएका छन्।

तस्वीरबारे निकै आलोचनापछि ट्रम्पले भनेका छन्, ‘मलाई थाहा छैन यो तस्वीर कहाँबाट आयो।’

केही समयअघि ट्रम्पको आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोशल र व्हाइट हाउसको एक्स एकाउन्टबाट उक्त तस्वीर साझा गरिएको थियो।

तस्बिरमा ट्रम्प सेतो पोपको झैँ लुगा र टोपीमा देखिन्छन्, गालामा ठूलो क्रस झुन्डिएको देखिन्छ र उनी गम्भीर मुद्रामा एक औँला माथि उठाइरहेका छन्।

यो तस्वीरप्रति क्याथोलिक समुदायले तीव्र आपत्ति जनाएको थियो। न्युयोर्क स्टेट क्याथोलिक कन्फरेन्सले ट्रम्पले उनीहरूको आस्थाको अपमान गरेको आरोप लगाएको थियो।

रोययटर्सका अनुसार, ५ मेमा एक पत्रकारले ट्रम्पलाई सो तस्वीरबारे प्रश्न गर्दा उनले प्रतिक्रिया दिँदै भने, ‘मैले त्यो तस्वीर बनाएको होइन।’

ट्रम्पले थप भने, ‘मसँग यसको कुनै सम्बन्ध छैन। कसैले पोपजस्तो पोशाकमा मेरो तस्वीर बनाएर इन्टरनेटमा हालिदिएको हो। मैले गरेको होइन। मलाई थाहा छैन यो कहाँबाट आयो। सायद एआईले बनाएको होला, तर म यसबारे केही जान्दिनँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?