+
+
Shares

पोखरामा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

सोमबार दिउँसो पोखरा महानगरपालिका–१७ विरौटास्थित आयुर्वेद पथमा यो घटना भएको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २३ गते १४:०८

२३ वैशाख, काठमाडौं । पोखरामा श्रीमतीको हत्या गरेर श्रीमानले आत्महत्या गरेका छन् ।

सोमबार दिउँसो पोखरा महानगरपालिका–१७ विरौटास्थित आयुर्वेद पथमा यो घटना भएको प्रहरीले जनाएको छ ।

श्रीमान्–श्रीमती अचेत रहेको जानकारी आएपछि प्रहरीले दुवै जनालाई उद्धार गरेर गण्डकी मेडिकल कलेज पुर्‍याएको थियो ।

अस्पताल पुर्‍याउने वित्तिकै ३७ वर्षीया देवी पराजुली बराललाई डाक्टरले मृत घोषणा गरेका थिए ।

आज मंगलबार ५७ वर्षीय ऋषिराम बराललाई चिकित्सकले मृत घोषणा गरेको हुन् । उनीहरू श्रीमान्–श्रीमती रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता हरिबहादुर बस्नेतले बताए ।

घटनास्थलबाट प्रहरीले विषको खाली बट्टा र चक्कु समेत बरामद गरेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा पारिवारिक विवाद भएपछि श्रीमतीको हत्या गरेर आत्महत्या गरेको देखिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?