
२३ वैशाख, काठमाडौं । काठमाडौंमा मंगलबार दिउँसो परेको वर्षाका कारण करिडोर क्षेत्र अस्तव्यस्त बन्न पुगेको छ ।
केहीबेर अघि काठमाडौंसहित उपत्यकाका विभिन्न क्षेत्रमा वर्षा भएको थियो । वर्षापछि विभिन्न बागमती, विष्णुमती लगायतका नदीमा पानीको सतह बढेको छ ।
यसैबीच सोह्रखुट्टेबाट कालीमाटीतर्फ निस्कने विष्णुमती खोला छेउको करिडोर केहीबेर हिलाम्मे भएको थियो । सडक हिलाम्मे भएपछि सवारी आवागमनमा पनि असर परेको थियो ।
काठमाडौं महानगरपालिका– १९ टंकेश्वरी भन्ने स्थानमा पानी जमेपछि सवारी साधनमा यात्रा गरिरहेकाहरू समस्यामा परेका छन् ।
हेर्नुस् तस्वीरहरू:
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4