
काठमाडौं । ३७ वर्षे फिल्म करिअरमा बलिउड स्टार आमिर खानले धेरै हिट फिल्म दिए । यसबीच उनले धेरै अविष्मरणीय पात्र निर्वाह गरे । तर उनको एउटा सपना छ, जुन अझै अधुरो छ । त्यसलाई पूरा गर्ने प्रयास भइरहेको छ ।
यो सपना पुरा गर्न उनी महाभारत महाकाव्यमा फिल्म बनाउन कस्सिएका छन् । आमिरले आफ्नो ड्रीम प्रोजेक्टको बारेमा धेरै पटक कुरा गरिसकेका छन् र आफ्नो मनमा लागेको डरबारे पनि खुलासा गरेका छन् ।
फेरि एकपटक आमिरले ‘महाभारत’बारे कुरा गरे । उनले महाभारतका पात्र कृष्णको भूमिका निर्वाह गर्न चाहेको संकेत गरे । केही समयअघि उनले महाभारतमा फिल्म बनाउने घोषणा गरेका थिए ।
यतिबेला उनले यो ड्रीम प्रोजेक्टमा पनि काम गर्न थालेका छन् । तर आमिरको मनमा अझै पनि डर र दुविधा छ कि उनी आफ्नो सपना पूरा गर्न सक्षम हुनेछन् कि छैनन् ।
एबीपी न्यूजको एक कार्यक्रममा उनले भने, ‘महाभारत बनाउने मेरो सपना हो, तर यो धेरै गाह्रो सपना हो । हेर्नुहोस्, महाभारतले तपाईंलाई कहिल्यै निराश पार्दैन, तर यो सम्भव छ कि तपाईंले महाभारतलाई निराश पार्न सक्नुहुन्छ ।’
आमिरले मे महिनाको सुरुमा यो परियोजना (महाभारतमा आधारित फिल्म)लाई धेरैजना निर्देशकले विभिन्न खण्डमा निर्देशन गर्ने भव्य फ्रान्चाइजीको रूपमा हेरिएको बताएका थिए ।
जब आमिरलाई ‘महाभारत’ मा कुन भूमिका निर्वाह गर्न चाहनुहुन्छ भनेर सोधियो, उनले भने, ‘वास्तवमा, म कृष्णको चरित्रबाट धेरै प्रभावित छु । म उहाँबाट धेरै प्रेरित छु । त्यसैले यो मलाई साँच्चै मन पर्ने पात्र हो ।’
यद्यपि, आमिरले आफ्नो चरित्र वा फिल्मको बारेमा थप विवरण दिन अस्वीकार गर्दै भने, ‘यो धेरै ठूलो प्रोजेक्ट भएकोले म धेरै कुरा भन्न चाहन्न । चाहे म बनाऊँ या अरू कसैले, हामी चाहन्छौं कि यो फिल्म भारतमा बनोस् र हामीसँग के छ भनेर संसारलाई देखाऊन् ।’
आमिर अहिले नयाँ फिल्म ‘सितार जमीन पर’मा व्यस्त छन् । यो फिल्म जुन २० मा रिलिज हुनेछ । फिल्ममा जेनेलिया देशमुख पनि छिन् ।
यो फिल्म रिलिज भएपछि, उनी ‘महाभारत’मा आधारित आफ्नो सपनाको प्रोजेक्ट सुरु गर्ने तयारीमा छन् । ‘सितार जमिन पर’ बाहेक, आमिर रजनीकान्त स्टारर फिल्म ’कुली’ मा पनि देखिनेछन् । हालै यो फिल्मको टिजर रिलिज भएको छ ।
प्रतिक्रिया 4