
२५ वैशाख, काठमाडौं । पानीजहाज सञ्चालन र व्यवस्थापन विधेयक राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा दफावार छलफलमा छ ।
यो विधेयकमाथिको छलफलमा सांसदहरू कसरी प्रत्यायोजित अधिकार काम गर्ने भन्नेमा केन्द्रित भएका छन् । समिति सचिवालय अनुसार विधेयकमा ‘तोकिए बमोजिम’ शब्द गर्ने प्रयास गरिएको छ ।
‘तोकिए बमोजिम’ भनेर अधिकार प्रत्यायोजन गर्ने गरी प्रस्ताव गरिएका व्यवस्थालाई एकै ठाउँमा राखेर व्यवस्थित गर्न खोजिएको छ ।
‘विधेयक मा “तोकिएको’’ वा “तोकिए बमोजिम’’ भन्नाले ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्दछ’ भनेर विधेयकमै लेख्न लागिएको छ ।
जहाँ कुन–कुन दफामा प्रत्यायोजित अधिकार छन् भनेर विधेयकको दफालाई एकीकै ठाउँमा राख्न खोजिएको हो । यसो गर्दा दफा–दफामा तोकिए बमोजिम लेख्नु पर्दैन ।
‘विधेयकको दफा ४(६), ५(१), ६(२), १०(५), १२(२)२ (४), १३(१), १५, १६(४), १७(१) (छ) र (२) (च), १८(२), १९(२), २१(२), २५ (८), २८ (२), २९(३), २९ (८), ३१(२), ३२(२)२ (५), ३७(१) (ञ), (२)२ (४), ३८(३), ३९ (५), ४०(४), ४१(४), ४३(६), ४५(२), ४८ (६), ४९(४), ५३(१), ५४(७), ५५(२), ५६(१), ५७(ग), ६०(१), (३)२ (४), ६१, ६२(१) र (३), ६३(३), ६५(२), ६६(४), ६७(२) (ङ), (न) र (ठ), ६९(१)२ (२), ७०(१)२ (२), ७१(३) र (४), ७२(१), (४)२ (५), ७७ (६), ७८(१)२ (२), ८८, ८९ मा उल्लेखित व्यवस्थाहरू नियमावलीमा समावेश गर्न प्रस्ताव गरिएको छ’ विधेयकको मस्यौदा प्रतिवेदनमा लेखिएको छ ।
यी एकीकृत गरिएका दफाहरुमा उल्लेख भए अनुसार प्रत्यायोजित व्यवस्थापनसँग प्रस्तावित ऐनको व्यवस्था, नियमावली बनाउन सक्ने भनिएको छ ।
प्रस्तावित विधेयकमा ९१ वटा दफा छन् । ९१ दफा रहेको विधेयकका ९५ ठाउँमा ‘तोकिए बमोजिम’ भन्ने शब्द रहेका छन् ।
सरकारले संसद्को कानुन बनाउने अधिकार खोसेर कानुन बनाउन प्रत्यायोजित अधिकार लिने प्रस्ताव गरेको भनेर कतिपयले आलोचना गरिरहेका छन् । यस बेला संसदीय समितिले पानी जहाज विधेयकबाट ‘तोकिए बमोजिम’ शब्द कम गर्ने प्रयास गरेको हो ।
प्रतिक्रिया 4