+
+
Shares

बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु

प्रकाश सिंह प्रकाश सिंह
२०८२ वैशाख २७ गते ११:४३
अस्पतालमा मृत्यु भएकी शिशुको परिवार

२७ वैशाख, बाजुरा । जिल्ला अस्पताल बाजुरामा दुई महिनाकी शिशुको कुपोषणले मृत्यु भएको छ ।

जगन्नाथ गाउँपालिका-२ मल्लोहुनी बस्ने भावना बिष्टकी २ महिनाकी छोरीको कुपोषणका कारणले मृत्यु भएको जिल्ला अस्पताल बाजुराका डा. प्रकाश बुढाले वताएका छन् ।

मृतक बालिका कुपोषणसँगै अन्य रोगको संक्रमणमा थिइन् । गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएकी उनलाई बचाउन नसकिएको डा. बुढाले बताएका छन् ।
उता स्वामीकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोट गाउँमा बर्सेनि कुपोषणले बालबालिकाको मृत्यु हुने गरेको छ । मुक्तिकोटमा अहिले पनि १४ जनाभन्दा बढी बालबालिका कडा कुपोषणको चपेटामा रहेका छन् । रेकर्डमा नआएका धेरै बालवालिका कुपोषणका कारणले मृत्यु हुने गरेको छ ।

दुर्गम गाउँमा भौगोलिक बिकटता र चेतनाको कमीले स्थानीयको स्वास्थ्य संस्थासम्म पहुँच छैन । त्यसमाथि दुर्गम क्षेत्रमा भएका स्वास्थ्य संस्था पनि सेवा र साधन स्रोतका दृष्टिले कमै मात्र प्रभावकारी हुन्छन् ।

बुढीगंगा नगरपालिकाका स्वास्थ्य संयोजक दिपक शाह भन्छन, ‘धेरै पक्षहरु होलान तर गरिबी नै यसको मुख्य कारण हो । गरिबीले नै कुपोषण त भयावह हुने नै भयो ।’

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले केही वर्ष गरेको कुपोषणको ‘स्र्माट सर्भे’मा बाजुरामा कुपोषणको दर उच्च रहेको देखाएको छ ।

बाजुराका ९ स्थानीय तहका ६९ वडामध्ये २७ वडाका घरघरमा पुगेर ५ वर्षमुनिका बालबालिकामा सर्भे गरिएको थियो । सर्भेक्षणमा पुड्कोपन ४८.८ प्रतिशत, ख्याउटेपन ८.६ प्रतिशत र कम तौल ३०.६ प्रतिशत देखिएको थियो । तथ्याङ्कका अनुसार बाजुरामा ४८ प्रतिशत कुपोषण रहेको देखाएको छ ।

यो दरले बाजुराका बालवालिकामा कुपोषणको दर निकै उच्च रहेको देखाएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्द बताए । बाजुरामा आमा र बच्चाको मृत्यु उच्च रहेपनि जिल्ला स्थित स्वास्थ्य संस्थामा यो विवरण उपलब्ध हुँदैन ।

यसबाहेक धेरै आमाहरुमा पाठेघरको समस्या देखिएको छ । असुरक्षित सुत्केरी र धेरै सन्तान जन्माएकाले यो समस्या देखिएको हो । धेरै सन्तान जन्माउँदा देखिने अर्को समस्या रक्तअल्पता हो ।
कुपोषण बर्सेनि बालबालिकाको मृत्यु हुने भएपनि राज्यको कुपोषण न्यूनीकरणमा खासै लगानि भएको पाइँदैन् ।

लेखक
प्रकाश सिंह

परोपकारी पत्रकारितामा रूचि राख्ने सिंह बाजुराका पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?