+
+
Shares

विदेशी मुद्रा सञ्चिति २४ खर्ब २६ अर्ब, १४ महिनाको आयात धान्न पर्याप्त

चालु आव चैतसम्म विदेशी मुद्रा सञ्चिति २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । यो गत असार मसान्तयता १८.९ प्रतिशतले बढेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २८ गते १८:०६

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • नेपालको विदेशी मुद्रा सञ्चिति हाल २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ।
  • यो सञ्चितिले १७.१ महिनाको वस्तु र १४.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ।
  • अहिलेको विदेशी मुद्रा सञ्चिति नेपालको आर्थिक स्थिरता र आयात आवश्यकताहरू पूरा गर्न पर्याप्त रहेको देखिन्छ।

२८ वैशाख, काठमाडौं । नेपालमा अहिले १४.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने विदेशी मुद्रा सञ्चिति रहेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार चालु आव ९ महिना (साउन–चैत) सम्म विदेशी मुद्रा सञ्चिति २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । यो गत असार मसान्तयता १८.९ प्रतिशतले बढेको हो ।

असार मसान्तसम्म २० खर्ब ४१ अर्ब १० करोड बराबर विदेशी विनिमय सञ्चिति थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति असार २०८१ सम्म १५ अर्ब २७ करोड रहेकोमा चैत मसान्तसम्म १५.४ प्रतिशतले बढेर १७ अर्ब ६३ करोड पुगेको छ ।

यो सञ्चितिले १७.१ महिनाको वस्तु र १४.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको देखिएको छ । चैत मसान्त २०८१ सम्म विदेशी मुद्रा सञ्चिति कुल गार्हस्थ उत्पादन (जीडीपी) को ३९.७ प्रतिशत हाराहारी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?