+
+
Shares

भारतले भन्यो– अपरेशन सिन्दूरमा १०० बढी आतंककारी मारिए

भारतीय सेनाका लेफ्टिनेन्ट जनरल राजीव घइले ब्रिफिङको क्रममा सेनाले आतंकवादी लुकेका ९ स्थानमामा सटीक लक्ष्यका साथ आक्रमण गरेको र ती आक्रमणहरूमा १०० भन्दा बढी आतंककारीहरू मारिएको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २८ गते २१:२०
Photo Credit : [K.M. Chaudary/AP Photo

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • भारतीय सेनाले ‘अपरेशन सिन्दूर’मा एक सयभन्दा बढी आतंकवादी मारिएको जनाएको छ।
  • सैनिकहरूले लक्षित आक्रमणमा उच्च नेतृत्वका आतंककारीहरू समेत मारिएका छन्।
  • अभियानले पुलवामा विस्फोट र आईसी ८१४ अपहरण घटनामा संलग्न आतंककारीहरूलाई लक्षित गरेको थियो।

२८ वैशाख, काठमाडौं । भारतले ‘अपरेशन सिन्दूर’मा एक सयभन्दा बढी आतंकवादी मारिएको जनाएको छ ।

भारतीय सेनाले आइतबार साँझ पत्रकार सम्मेलन गरी यस्तो बताएको हो ।

पत्रकार सम्मेलनमा सेनाका लेफ्टिनेन्ट जनरल राजीव घई, वायुसेनाका तर्फबाट एयर मार्सल एके भारती तथा नौसेनाका तर्फबाट भाइस एडमिरल एएन प्रमोद र मेजर जनरल एसएस शारदाले अपरेसन सिन्दुरबारे जानकारी दिए ।

घइले ब्रिफिङको क्रममा सेनाले आतंकवादी लुकेका ९ स्थानमामा सटीक लक्ष्यका साथ आक्रमण गरेको र ती आक्रमणहरूमा १०० भन्दा बढी आतंककारीहरू मारिएको बताए ।

उनले अभियानको क्रममा युसुफ अजहर, अब्दुल मलिक रौफ र मुदस्सीर अहमदजस्ता उच्च नेतृत्वका आतंककारी मारिएको जानकारी दिए । मारिएका तीनैजना पुलवामा विस्फोट र आईसी ८१४ अपहरण घटनमा पनि संलग्न रहेको भारतीय सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?