+
+
WC Series
लुम्बिनी लायन्स 2025
19/1 (3.2)
VS
१०० बलमा ११४ रन आवश्यक
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

हामीले राजनीति गर्दा ‘राजा पनि एक दिन मर्छन्’ पनि भन्न पाइँदैन थियो : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २८ गते २१:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीलाई होच्याउने प्रवृत्ति बढ्दै गएको भन्दै सचेत रहन आग्रह गरे।
  • अहिले स्वतन्त्रताका नाममा सामाजिक सञ्जालमा भइरहेका गतिविधिप्रति आपत्ति जनाए ।
  • उनले सत्य बोल्न सजिलो नभएको बताए ।

२८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीलाई जसरी पनि होच्याउने र गालीगलौज गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै त्यसप्रति सजक हुनुपर्ने बेला आएको बताएका छन् ।

शनिबार साँझ डिजिटल मिडिया एलायन्स नेपाल (डिम्यान) को उद्घाटन एवं आर्थिक बहस कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री ओलीले सकेसम्म झुट बोलेर विपक्षीको अर्को पक्षको अपमान गर्ने गलत मान्यता अघि बढेकोप्रति चिन्ता व्यक्त गरे ।

साथै, उनले आफू राजनीतिमा लाग्दैगर्दाको अवस्था अहिलेको जस्तो स्वतन्त्र नभएको बताउँदै अहिले स्वतन्त्रताका नाममा सामाजिक सञ्जालमा भइरहेका गतिविधिप्रति आपत्ति जनाए ।

‘मैले राजनीति गरेको यस वर्षबाट ६० वर्ष लाग्यो । मैले राजनीति सुरु गर्दा निरंकुश राजतन्त्र देशमा थियो, संविधानभन्दा माथि । र, निर्दलीय, विचारको स्वतन्त्रता नभएको, त्यस्तो प्रणाली देशमा थियो । जनतालाई रैती बनाइएको अवस्था थियो,’ प्रधानमन्त्री ओलीले भने ।

सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले आफूले राजनीति गर्ने बेलामा कोही पनि मान्छेलाई प्रहरी चौकी लगेपछि सद्दे भएर नफर्कने गरेको सुनाए ।

‘तपाईंहरूलाई पत्यार लाग्दैन होला, प्रहरी समाउन पनि स्वतन्त्र नै थियो । मान्छेलाई थानामा लगेपछि कोही सद्दे फर्कंदैन थियो,’ प्रधानमन्त्री ओलीले भने, ‘म यहीँ छु, डेढ महिनासम्म केही खान नपाएर, मैले खाएको लाठ्ठी र बुटमात्रै हो । त्यो त तपाईंहरू कल्पना नै गर्न सक्नुहुन्न नि ।’

डिजिटल मिडिया एलायन्स नेपाल (डिम्यान) को डकुमेन्ट्रि हेर्दा स्वतन्त्र पत्रकारिता, सत्य समाचार, सही विश्लेषण आउनेमा आफू विश्वस्त रहेको प्रधानमन्त्री ओलीले बताए ।

‘तपाईंहरूको तर्फबाट यो डकुमेन्ट्री हेर्दा र बताइएका कुरा हेर्दा थाहा भयो, तपाईंहरू स्वतन्त्र पत्रकारिता, सत्य समाचार, सही विश्लेषण, तथ्यमा आधारित विश्लेषण र केही मनोरन्जन पस्कन पर्‍यो भने पनि सत्यमा आधारित मनोरन्जन पस्कने प्रयास भएको देखिन्छ,’ प्रधानमन्त्री ओलीले भने ।

उनले सत्य बोल्न सजिलो नभएको बताए ।

‘सत्य बोल्न सजिलो छैन । हामीले जुन जीवन पार गरेर आएका थियौं, त्यसमा त सत्य बोल्न सजिलो थिएन । सबै जीवजन्तु परिवर्तन हुन्छन्, एउटा कुरा चाहिँ भन्न मिल्दैन थियो । राजा हुनेहरू पनि एक दिन मर्छन भन्ने सत्य पनि बोल्न पाइँदैन थियो,’ उनले विगत सम्झिए ।

डिम्यानले अब मिडियालाई अलि अनुशासित र उत्तरदायी बनाउनेगरी काम गर्नेमा प्रधानमन्त्री ओलीले विश्वास व्यक्त गरे ।

‘तपाईंहरूले गलत काम गर्दै नगर्ने, अस्वस्थ तरिका अवलम्बन नगर्ने प्रतिबद्धता जुन जनाउनुभएको छ, त्यो आजको माग हो,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

डिजिटल माध्यमबाट प्रकाशन तथा प्रसारण हुने सञ्चारमाध्यमका प्रतिनिधिहरूले गठन गरेको डिम्यानको आजबाट औपचारिक सुरुवात गरिएको छ ।

मोहराज पौडेलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरेर आइतबार यसको औपचारिक सुरुवात गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?