
Quick Summary
AI-generated by OK AI. Editorially reviewed.- प्रहरीले अवैध हुन्डी कारोबार गरेको आरोपमा दुई व्यक्तिलाई पक्राउ गरेको छ।
- उनीहरूबाट ४२ लाख रुपैयाँभन्दा बढी रकम बरामद भएको छ।
- पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको छ।
२९ वैशाख, काठमाडौं । अवैध हुुन्डीको कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।
पक्राउ पर्नेहरुमा खोटाङको बराहपोखरी गाउँपालिका–२ घर भएका २३ वर्षीय विजय कुमार राई र रामेछापको मन्थली नगरपालिका–६ घर भएका २८ वर्षीय खेटराज श्रेष्ठ छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
राईबाट २५ लाख र श्रेष्ठबाट १७ लाख १९ हजार गरी ४२ लाख १० हजार हुन्डीको रकम समेत बरामद भएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए । उनीहरु बिशालबजार एरियाबाट पक्राउ परेको प्रहरीले बताएको छ ।
पक्राउ परेका दुबै जनालाई उक्त रकमसहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4