News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंका नागार्जुन नगरपालिका–८ का २८ वर्षीय सागर गिरी र प्रमोद प्रसाद धिताललाई हुन्डी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न भएको आरोपमा पक्राउ गरिएको छ।
- जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई करोड १६ लाख नगदसहित पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ।
- पक्राउ परेकाहरूको साथबाट विभिन्न बैंकका चेक, एटीएम, नागरिकता, सवारी साधन, मोबाइल, सिमकार्ड र कम्प्युटर बरामद गरिएको प्रहरीले जनाएको छ।
२ चैत, काठमाडौं । काठमाडौंका नागार्जुन नगरपालिका–८ भिमढुंगाबाट हुन्डी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न २ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनीहरूलाई करोड १६ लाख नगदसहित पक्राउ गरेको हो । अभौतिक मुद्राको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा परिसरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–८ का २८ वर्षीय सागर गिरी र सोही ठाउँका २८ वर्षीय प्रमोद प्रसाद धिताल रहेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट विभिन्न बैंकको विभिन्न व्यक्तिको नाममा रहेको चेक, विभिन्न व्यक्तिको नाममा काटेको २७ लाख ३० हजार रुपैयाँको चेक, विभिन्न व्यक्तिका नाममा रहेका एटीएम, नागरिकता, २ थान चारपाङ्ग्रे सवारी, दुई पाङ्ग्रे सवारी १ थान, सवारी दर्ता किताब ३ थान, विभिन्न कम्पनीका ६ वटा मोबाइल, ३१ थान सिमकार्ड, १ थान कम्प्युटर लगायतका जिन्सि सामग्री पनि प्रहरीले बरामद गरेको छ ।
प्रतिक्रिया 4