+
+
Shares
हलिउड :

‘डिम्ब भण्डारण’बाट एम्बर हर्डले जन्माइन् जुम्ल्याहा, इलन मस्क हुन बुवा ?

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २९ गते १३:५४
एम्बर हर्ड र इलन मस्क डेटिङको समयमा ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी अभिनेत्री एम्बर हर्डले जुम्ल्याहा बच्चाको जन्म दिएकी छन् र उनले बच्चाको बुबाको बारेमा खुलासा गरेकी छैनन्।
  • सामाजिक सञ्जालमा मस्क र हर्डको सम्बन्ध र बच्चाको बुबाको विषयमा विभिन्न अनुमान र कानुनी विवादहरू देखा परेका छन्।
  • अभिनेत्री हर्ड र मस्कले सन् २०१५ देखि २०१७ को बीचमा डेट गरेका थिए र बच्चाको बुबाको विषयमा विवाद चलिरहेको छ।

काठमाडौं । हलिउड अभिनेत्री एम्बर हर्डले आइतबार जुम्ल्यहा बच्चाको रुपमा दोस्रो र तेस्रो सन्तानलाई जन्म दिएकी छन् । ३९ वर्षीया यी अभिनेत्री पहिले नै छोरी उनाघ पेजकी आमा हुन्, जो अप्रिलमा चार वर्षकी भइन् ।

हर्डले यस्तो खुलासा गरेपछि, सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको बच्चाको बुबा को हो भनेर अनुमान लगाउन थालेका छन् । एक पुरानो रिपोर्टले अर्बपति धनाढ्य इलन मस्कलाई उनका जुम्ल्याहा बच्चाहरूसँग जोडेको छ ।

‘एम्बर जुम्ल्याहा बच्चाहरूलाई स्वागत गर्न र आफ्नो परिवार पूरा गर्न पाउँदा खुसी छिन्’ हर्डका प्रवक्ताले पिपुल म्यागजिनसँग भने, ‘आमा र बच्चाहरूले हरेक मिनेट रमाइलो गरिरहेका छन्, र उनाघले खुसीसाथ शो चलाइरहेकी छिन् ।’

यद्यपि, हर्डले बच्चाका बुबा को हो भनेर खुलासा गरेकी छैनन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले मस्कसँगको सम्बन्धको समयमा ‘फ्रोजन एग्स’लाई लिएर अभिनेत्रीसँग चलिरहेको कानुनी विवादमा संलग्न भएको भनिएको रिपोर्टलाई औंल्याए ।

डेली मेलले गत महिना कानुनी कागजातहरू उद्धृत गर्दै मस्क हर्डसँग उनीहरूको भ्रुणलाई लिएर कानुनी विवादमा फसेकोबारे रिपोर्टिङ गरेको थियो ।

अभिनेत्री एम्बरकी बहिनी ह्विटनीकी नजिकको साथीले हस्ताक्षर गरेको सन् २०२२ को अदालतको मुद्दाको घोषणापत्रमा एम्बर र टेस्लाका सीईओले सँगै बच्चा जन्माउने योजना बनाएको उल्लेख डेली मेलले गरेको छ ।

जेनिफर हावेलले मस्कले ’उनीहरूलाई नष्ट गर्न चाहन्थे र एम्बरले बच्चा जन्माउनको लागि उनीहरूलाई राख्न खोजे’को आरोप लगाएका थिए ।

मस्क हर्डका जुम्ल्याहा बच्चाहरूको बुबा हुने सम्भावनालाई औंल्याउँदै, एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘रोचक । रिपोर्टअनुसार, एम्बर हर्ड र इलन मस्कले आफ्नो सम्बन्धको समयमा सँगै भ्रुण सिर्जना गरेका थिए र त्यसपछि उनीहरूको ब्रेकअप पछि अधिकारको बारेमा कानुनी विवाद भएको थियो । हर्डले उनीहरूलाई बच्चा जन्माउनको लागि राख्न चाहन्थिन् । त्यसैले, मस्क उनको बच्चाहरूको बुबा हुन सक्छन् ।’

मस्क र एम्बर हर्डले सन् २०१५ र २०१७ को बीचमा डेट गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?