+
+
Shares

मोरङको बाल सुधार गृहबाट तीन जना बालक भागे

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३० गते १३:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विराटनगरको कोशी बाल सुधार गृहबाट तीन जना बालकहरू भागेका छन्।
  • उनीहरू उमेरमा १७ देखि १८ वर्षका छन् र उदयपुर, झापा र ताप्लेजुङका हुन्।
  • भागेका बालकहरूको खोजी भइरहेको छ ।

३० वैशाख,विराटनगर । विराटनगरमा रहेको बाल सुधार गृहबाट तीन जना बालकहरू भागेका छन् ।

विराटनगर–३ स्थित कोशी बाल सुधार गृहबाट सोमबार तीन जना बाल बिजाइँकर्ता भागेका हुन् ।

प्रहरीका अनुसार उदयपुर, झापा र ताप्लेजुङ घर भएका १७ देखि १८ वर्ष उमेर समूहका तीन बालक भागेका हुन् ।

भागेहरुको खोजी भइरहेको मोरङ प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

फरारमध्ये उदयपुरका १८ वर्षीय बालकलाई अदालतले १६ वर्ष ८ महिना कैद सजाय सुनाएको थियो । उनी तीन वर्षदेखि सुधार गृहमा थिए ।

झापा र ताप्लेजुङका  दुई बालक  पाँच महिनाअघि पुर्पक्षका लागि सुधार गृहमा आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?