+
+
Shares

सांसद बरालीको प्रश्न- ‘पक्राउ पुर्जी जारी भएका सांसद प्रधानमन्त्रीसँगै बस्दा सुशासन कता हरायो ?’

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३० गते १४:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद रणेन्द्र बरालीले लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीलाई पक्राउ गर्न प्रहरीको प्रयास भए पनि उनी मञ्चमा प्रधानमन्त्रीसँग देखिनुले सुशासनमा प्रश्न उठेको बताएका छन्।
  • उनले सरकारको सुशासनको दावीलाई खारेज गर्दै, आफ्नै पार्टीका सांसदलाई प्रहरीले फेला पार्न नसकेको अवस्थामा प्रधानमन्त्रीसँग उनी मञ्चमा देखिनु चिन्ताजनक भएको बताएका छन्।
  • सांसद बरालीले यस घटनालाई सरकारको सुशासनको नमुना नभएको र यसले सरकारको विश्वसनीयता माथि प्रश्न उठाएको बताएका छन्।

३० वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले पक्राउ पुर्जी जारी भएका लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थी प्रधानमन्त्री सहभागी कार्यक्रमको मञ्चमा देखिएको विषयमा संसद्मा प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद बरालीले प्रहरी जाँदा भेट नहुने सांसद प्रधानमन्त्रीसँग एउटै मञ्चमा देखिनुले सरकारको सुशासनको दावीमा प्रश्न उठाएको बताए

‘सुशासनको ठेक्का लिएको सरकार छ । पक्राउ पुर्जी जारी भएका आफ्नै पार्टीका सांसद छन् । प्रहरी प्रशासन ती सांसदलाई फेला पार्दैन । तर, प्रधानमन्त्रीसँग कुम ठेलेर मञ्चमा बसेको देखिन्छ । सुशासनको यो कुनचाहिँ नमुना हो ?,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?