+
+
Shares

संसद्‍मा व्यङ्ग्य : नेताका कुरा ठीक, जनताका बेठीक ǃ

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते १२:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद राजेन्द्र बजगाईंले नेपालको वर्तमान राजनीतिक अवस्था र भाषामा झूट र भ्रम फैलिएको आरोप लगाएका छन्।
  • उनले सरकारले सबै कुरा ठीक रहेको जस्तो देखाउन खोजिरहेको टिप्पणी गरेका छन्।
  • उनले शिक्षा र पूर्वाधारको अवस्थालाई व्यंग्य गर्दै सम्पूर्ण नेपाल अहिले ठीक रहेको बताउँदै आलोचना गरेका छन्।

३१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले देशमा ‘सबै ठीक छ’ भन्ने राजनीतिक भाष्य बनाउने प्रयास भइराखेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘राजनीतिक भाषा यस्तो बनाइन्छ कि झुटलाई सत्य जस्तै सुनियोस्, हत्या गरिनु सम्मानजनक लागोस् । सुन्ने कुरालाई पनि दृढ अर्थपूर्ण देखियोस्’ जर्ज वेयरवल्डको भनाइ उद्धृत गर्दै सांसद बजगाईंले सुनाए ।

यस्तै नेपालमा पनि भइराखेको उनको व्याख्या छ । ‘नेपालमा शिक्षक ठीक हुनुहुन्छ, विद्यार्थी ठीक छन् । विद्यालय ठीक छ, शिक्षा ठीक छ’ उनले व्यङ्ग्य गरे ।

सांसद बजगाई थप कटाक्ष गर्छन्, ‘पोहोर साल बगाएका पुलहरू बनेका छन्, त्यो ठीक छ । यसपाली पनि बग्दैछन् सबै ठीक छ । नेपाल सम्पूर्ण रुपले ठीक छ । म राजनीतिमा छु, मैले भनेको सबै ठीक छ, जनताले भनेको केही पनि ठीक छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?