+

‘ओलम्पिकमा नेपाल’ पुस्तक विमोचन

२०८२ वैशाख  ३१ गते १२:५४ २०८२ वैशाख ३१ गते १२:५४
‘ओलम्पिकमा नेपाल’ पुस्तक विमोचन

३१ वैशाख, काठमाडौं । ओलम्पिकमा सहभागि नेपाली खेलाडीहरु र उनीहरुको प्रदर्शनलाई समेटेर ‘ओलम्पिकमा नेपाल’ पुस्तक विमोचन भएको छ ।

बुधबार सातदोबाटोमा आयोजित एक कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट, ओलम्पिकयनहरु बैकुण्ठ मानन्धर, जितबहादुर केसी, विष्णुबहादुर सिंह लगायतले पुस्तक विमोचन गरे ।

गत वर्ष फ्रान्समा भएको पेरिस ओलम्पिक र पारा ओलम्पिकलाई केन्द्रमा राखेर पुस्तक तयार पारिएको छ । नेपालले सन् १९६४ को टोकियो ओलम्पिक देखि ओलम्पिकमा सहभागिता जनाउन थालेको थियो । त्यसयता ओलम्पिकमा ६ दशक लामो यात्रा तय गरिसकेको नेपालबाट पेरिस पारा ओलम्पिकमा पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले ऐतिहासिक कांस्य पदक जितेकी थिइन् ।

उनी ओलम्पिकको कुनै पनि विधामा नेपालका लागि पदक जित्ने पहिलो खेलाडी हुन् । यस्तै तेक्वान्दोका विधान लामाले सन् १९८६ को सोल ओलम्पिकमा कांस्य पदक जितेपनि तेक्वान्दो प्रदर्शन खेल भएकोले त्यो औपचारिक रुपमा गणना भएन ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले खेलकुदको इतिहासलाई लिपिबद्ध गर्ने लक्ष्यमा सात ओलम्पिकमा नेपाल पुस्तक तयार पारिएको बताए ।

यस्तै ओलम्पियन तथा ओलम्पियन संघका अध्यक्ष दिपक विष्टले नेपालबाट अहिलेसम्म ओलम्पकिमा सहभागि भएका खेलाडीहरुको तथ्याङ्क राख्न यो पुस्तक उपयोगी हुने बताए ।

पुस्तकमा नेपालले अहिलेसम्म भाग लिएको समर ओलम्पिक, विन्टर ओलम्पिक, पारा ओलम्पिक देखि युथ ओलम्पिकसम्म सहभागि खेलाडीहरु र उनीहरुको प्रदर्शनको बारेमा जानकारी समावेश गरिएको छ ।

राखेप प्रचारप्रसार शाखाका प्रमुख खुशराज दाहालले यसअघि १९औं एसियाडलाई केन्द्रविन्दुमा एसियाडमा नेपाल पुस्तक समेत सार्वजनिक गरिसकेको र ओलम्पिकमा नेपाल पुस्तक ओलम्पिकयनहरुको बारेमा जानकारीका लागि उपयुक्त हुने बताए ।

यस्तै उनले पछिल्लो समय राखेपले खेलकुदको इतिहासमा ध्यान दिँदै अहिलेसम्म ५ पुस्तक सार्वजनिक गरिसकेको र आगामी दिनमा पनि खेलकुद अभिलेखलाई ध्यानमा राख्दै अन्य पुस्तक तयार पार्ने बताए ।

प्रमुख दाहालले पुस्तक लेखनमा खेलपत्रकार ध्रुवकुमार तुलाधर र रोशन रावतले सहयोगी भूमिका खेलेको जानकारी गराए ।

ओलम्पिकमा नेपाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय