News Summary
Generated by OK AI. Editorially reviewed.- माइक हेसन न्यूजिल्यान्ड क्रिकेट टिमको मुख्य प्रशिक्षकबाट पाकिस्तानको वानडे र टी-२० टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।
- उनी २०१२ देखि न्यूजिल्यान्डको मुख्य प्रशिक्षक थिए र उनले आफ्नो कार्यकालमा न्यूजिल्यान्डलाई बलियो टिमका रूपमा स्थापित गरे।
- पाकिस्तानसँग हाल रेड बल (टेस्ट) प्रशिक्षक छैन र आकिब जावेदले अस्थायी रूपमा टेस्ट टोलीको जिम्मेवारी लिएका छन्।
३१ वैशाख, काठमाडौं । न्यूजिल्यान्ड क्रिकेट टिमका पूर्वप्रशिक्षक माइक हेसन पाकिस्तानको वानडे र टी-२० टोलीका लागि मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। उनी मे २६ बाट पाकिस्तान क्रिकेट बोर्डसँग औपचारिक रूपमा जोडिने छन् ।
५० वर्षीय हेसन सन् २०१२ मा न्यूजिल्यान्डको मुख्य प्रशिक्षक बनेका थिए र उनले ६ वर्षसम्म राष्ट्रिय टिमलाई सफलतापूर्वक नेतृत्व गरे। उनको कार्यकालमा न्यूजिल्यान्ड घरेलु मैदानमा बलियो टिमका रूपमा स्थापित भयो र २०१५ को विश्वकपको फाइनलमा पुग्यो, जहाँ अष्ट्रेलियासँग पराजित भएको थियो ।
सन् २०१९ मा उनले इन्डियन प्रिमियर लिग (आईपीएल टिम रोयल च्यालेन्जर्स बेंगलुरुको क्रिकेट निर्देशकको भूमिका सम्हालेका थिए। तर सन् २०२३ मा उनी त्यो पदबाट बाहिरिए।
हेसनले अब आकिब जावेदको स्थान लिने छन्, जो अन्तरिम मुख्य प्रशिक्षकका रूपमा पाँच महिना काम गरेका थिए। आकिबले ग्यारी कर्स्टेनको राजीनामापछि टिम सम्हालेका थिए। अब आकिबलाई डिरेक्टर अफ हाई परफर्मेन्स बनाइएको छ ।
हाल पाकिस्तानसँग कुनै रेड बल (टेस्ट) प्रशिक्षक छैन। जेसन गिलेस्पीले आफ्नो कार्यकालको ६ महिनामै राजीनामा दिएपछि आकिबले अस्थायी रूपमा टेस्ट टोलीको जिम्मेवारी लिएका थिए।
उनले दक्षिण अफ्रिकाको भ्रमण र वेस्ट इन्डिजविरुद्ध घरेलु श्रृंखला सम्हालेका थिए। पाकिस्तानको आगामी टेस्ट श्रृंखला अक्टोबरमा दक्षिण अफ्रिकाविरुद्ध घरेलु मैदानमा हुने तय भएको छ।
प्रतिक्रिया 4