
News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरा महानगरपालिका–२२ स्थित दहरा घुम्तीबाट आउँदै गरेको बस दुर्घटना भएको छ।
- दुर्घटनामा २२ जना घाइते भएका छन् र उनीहरूलाई गण्डकी मेडिकल कलेजमा उपचारका लागि पठाइएको छ।
- बसमा २६ जना सवार रहेको जानकारी दिइएको छ र थप विवरणहरू आउन बाँकी छन्।
३१ वैशाख, काठमाडौं । पोखरा महानगरपालिका–२२ स्थित दहरा घुम्तीनजिकै स्तुपाबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ । ग १ ख ३८८६ नम्बरको बस नियन्त्रण गुमाएर दुर्घटना भएको हो । छोरेपाटन बजारदेखि केही माथि नगर बस घुम्दीबाट खसेको हो ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका डीएसपी हरि बस्नेतका अनुसार, दुर्घटनामा परेर चालक र सहचालकसहित २२ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको डीएसपी बस्नेतले अनलाइनखबरलाई जानकारी दिए ।
बसमा २६ जना सवार रहेको भन्ने बुझिएको प्रहरीले बताएको छ ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4