+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares
महालेखाको प्रतिवेदन :

अदालतले जफत गर्न भनिएका सम्पत्तिमा व्यक्तिकै रजाइँ

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते १६:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अदालतले जफत गर्न आदेश दिएको सम्पत्ति अझै प्रतिवादीहरूले नै प्रयोग गरिरहेका छन्।
  • महालेखा परीक्षकको प्रतिवेदन अनुसार, जफतको आदेशपछि पनि सम्पत्ति प्रयोगमा रहेका छन् र ती सम्पत्तिहरू जफत गर्न आवश्यक छ।
  • सम्पत्ति जफत गर्न अदालतले आदेश दिए पनि, अझै ती सम्पत्तिहरूलाई प्रतिवादीहरूले नै उपभोग गरिरहेको महालेखा परीक्षकले बताएका छन्।

३१ वैशाख, काठमाडौं । अदालतले जफत गर्नु भन्दै फैसला गरिएका सम्पत्तिहरू अझै प्रतिवादीहरूले नै उपभोग गरेको पाइएको छ ।

महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार अदालतले सम्पत्ति जफत गर्नु भनिए पनि ती सम्पत्ति अझै दोषी ठहर गरेका व्यक्तिले नै उपभोग गरेका छन् ।

कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का नियन्त्रण तथा जफत) ऐन, २०७० को दफा १७ मा अदादतबाट जफत हुने ठहरिएका सम्पत्ति तथा साधन नेपाल सरकारले जफत गरेर प्रयोग गर्ने तथा लिलाम बिक्रि गर्नुपर्ने हुन्छ ।

तर अझै यस्ता सम्पत्तिहरू प्रतिवादीले नै प्रयोग गर्दै आएको महालेखाले औंल्याएको छ ।

विभिन्न जिल्लाका ३६ प्रतिवादीका केही जग्गा र ६५ लाख मूल्य बराबरको शेयर र १७ वटा बैंकमा रहेको ५१ लाख ६५ हजार जफत गर्न अदालतले भने पनि अझै पनि उनीहरूले नै उपभोग गरेको महालेखाले प्रतिवेदनमा औंल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?