+
+
Shares

काभ्रे बाढी : चौथो दिन पनि रेणुकाको अवस्था अज्ञात, प्रहरीले लियो कुकुरको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १ गते १०:१४
कुकुर प्रयोग गर्दै रेणुकालाई खोज्दै नेपाल प्रहरीको टोली । फोटो : कपिल कोइराला

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेको पनौती नगरपालिका–५ सुब्बागाउँकी २८ वर्षीया रेणुका गिरी बाढीले बगेर बेपत्ता भएको आज चौथो दिन भएको छ ।
  • उनको खोजीमा स्थानीय प्रहरी र स्थानीय परिचालित छन्।
  • बिहीबारदेखि तालिमप्राप्त कुकुरलाई पनि खोजीमा परिचालन गरिएको छ।

१ जेठ, काभ्रे । काभ्रेको पनौती नगरपालिका–५ सुब्बागाउँकी २८ वर्षीया रेणुका गिरी बाढीमा बगेर बेपत्ता भएको आज चार दिन भएको छ । उनलाई खोज्न प्रहरीले आजदेखि तालिमप्राप्त कुकुर प्रयोग गरेको छ ।

वैशाख २९ गते खेतमा काम गरेर घर फर्किंदै गर्दा उनलाई घर नजिकैको खोल्सा जस्तो खहरे खोलाले बगाएको थियो ।

घटनापछि स्थानीय प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीले खोजी जारी राखेका छन् । उनीहरुलाई स्थानीयले पनि सघाइरहेका छन् ।

बुधबार लड्केश्वर, पिपलटारसम्म खोजी गर्दा पनि गिरीको अवस्था पत्ता लाग्न सकेको छैन । आज बिहीबार चौथो दिनदेखि प्रहरीले तालिमप्राप्त कुकुर पनि परिचालन गरेको छ ।

काभ्रेमा वैशाख २९ गते मध्यम खालको वर्षापछि आएको बाढीले पनौती र रोशीमा सडक, खानेपानी तथा कृषि क्षेत्र नराम्रोसँग प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?