+
+
Shares

नागढुंगामा किन कुटेका थिए ट्राफिक इन्स्पेक्टरले प्रहरी जवान ?

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १ गते ११:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नागढुंगामा ट्राफिक प्रहरी र जवानबीचको हातपातको घटना सामाजिक सञ्जालमा सार्वजनिक भयो।
  • प्रहरीको आन्तरिक छानबिनले कुटपिट गर्ने र रकम लिने दुवै पक्षको पहिचान गरेको छ।
  • घटनामा संलग्न प्रहरी जवानले अवैध रकम संकलन गरेको खुलासा भएको र यस सम्बन्धमा विभागीय कारबाहीको प्रक्रिया अघि बढिरहेको छ।

१ जेठ, काठमाडौं । नागढुंगामा ट्राफिकका एक इन्स्पेक्टरले प्रहरीका एक जवानलाई कुटेको भिडिओ बुधबार सामाजिक सञ्जालमार्फत सार्वजनिक भयो ।

भिडिओ सार्वजनिक भएपछि प्रहरीले छानबिन गर्दा कुट्ने र कुटाई खाने दुवैको पहिचान भयो । कुट्ने ट्राफिक प्रहरी इन्स्पेक्टर जितेन्द्रकुमार साह र कुटाई खाने प्रहरी जवान मदन खड्का रहेको खुल्यो ।

ड्युटीमा रहेको बेला बर्दीमै मध्यसडकमा हातपातमा उत्रिएपछि दुवै जनाको जिम्मेवारी खोस्दै अनुसन्धान अघि बढाइएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता तथा एसएसपी शेखर खनालले एक विज्ञप्ति जारी गर्दै छानबिनका लागि दुवैलाई जिम्मेवारीबाट हटाइएको बताए ।

यो विवाद के हो भन्नेबारे प्रहरीले आन्तरिक छानबिन अघि बढाएको छ । प्रहरी स्रोतका अनुसार अहिलेसम्मको छानबिनले कुटाइ खाएका प्रहरी जवानले काठमाडौं छिर्न लागेका गाडीहरुबाट अवैध रुपमा रकम उठाएको खुलेको छ ।

‘घटना हुने बेला भारतीय नम्बर प्लेटको गाडी काठमाडौं छिर्न लागेको रहेछ । प्रहरी र ट्राफिक दुवै आ-आफ्नो ड्युटीमा रहेछन् । त्यही बेला जवानले भारतीय गाडीबाट रुपैयाँ लिएको भन्ने देखिएको छ’, एक प्रहरी अधिकृतले भने, ‘रकम नै लिएको भए पनि कुटपिट गर्न नमिल्ने भएकाले इन्स्पेक्टरमाथि पनि छानबिन गरिएको हो । गलत गरेमा विभागीय कारबाही गर्नुका साटो हातपातमा उत्रनु राम्रो होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?