+
+
Shares

‘के घर के डेरा’ प्रिमियर : सेलिब्रेटीसँगै बटुवाले हेरे फिल्म (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १ गते ११:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘के घर के डेरा : घर नं २’ को प्रिमियर क्यूएफएक्स सिभिल मलमा आयोजना गरियो र यसमा १८० जना ‘र्‍यान्डम’ दर्शक सहभागी थिए।
  • डायरेक्टर दीपेन्द्र के. खनालले नयाँ शैलीको फिल्मको प्रिमियर गर्न र दर्शकको प्रतिक्रिया प्राप्त गर्न यो कार्यक्रम आयोजना गरेको बताए।
  • फिल्मले घरबेटी र डेरावालको कथा मात्र नभएर सहरको वास्तविक जीवन कथा पनि प्रस्तुत गरेको छ र शुक्रबारदेखि प्रदर्शनमा आउने तयारी छ।

काठमाडौं । दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘के घर के डेरा : घर नं २’को प्रिमियर गरिएको छ । क्यूएफएक्सको सिभिल मलस्थित हलमा बुधबार बेलुका प्रिमियर आयोजना गरिएको थियो ।

१८० जना बटुवालाई सहभागी गराउँदै प्रिमियर गरियो । घरेलु फिल्ममा पहिलोपटक भिन्न शैली सुरुवात गर्दै फिल्मले प्रिमियर गरेको हो । वास्तविक दर्शकबाट इमान्दार प्रतिक्रिया बुझ्ने उद्देश्यले ‘र्‍यान्डम’ दर्शकलाई सहभागी गराइएको निर्देशक खनालले जानकारी दिए ।

ती दर्शकबाट निर्माताले प्रतिक्रिया समेत बुझेका थिए । यसबाहेक फिल्मकर्मीको बाक्लो उपस्थिती रह्यो । निर्माणपक्षले १८० ‘र्‍यान्डम’ दर्शकलाई प्रिमियरमा निम्तो दिएको थियो ।

फिल्म हेरेका दर्शकले घरबेटी र डेरावालमात्रै नभएर आम नागरिकको कथा यसमा रहेको बताए । उनीहरू सहरको वास्तविक कथा बुझ्न फिल्म हेर्नुपर्ने सुझाव दिए ।

अभिनेता हरिवंश आचार्यले फिल्मको प्राविधिक पक्षको प्रशंसा गरे । अभिनेत्री स्वस्तिमा खड्काले पारिवारिक मूल्यमा फिल्म बनेको बताउँदै मन छुने बनेको बताइन् । उनले दर्शकसँग भावनात्मकरुपमा जोडिने बताइन् । केही साता लामो स्वास्थ्यलाभ पछि खड्का फिल्म हेर्न पुगेकी थिइन् ।

अभिनेत्री मनीषा कोइरालाले कथाले आफ्नो मनमा गहिरो छाप परेको बताइन् । ‘मर्मस्पर्शी कथा छ । कथाको पीडा आफूले नभोगे पनि त्यो अनुभूति गर्न सकिन्छ’ उनले भनिन् । मनीषाले निर्देशक खनालको फिल्म ‘धर्मा’बाट लामो समयपछि नेपाली फिल्ममा पुनरागमन गरेकी थिइन् ।

‘आज म निकै उत्साहित छु, दर्शकसँगै बसेर प्रिमियरमा सिनेमा हेर्न पाएर’ अभिनेत्री केकी अधिकारीले भनिन्, ‘म पनि दुई तीन ठाउँ इमोसनल भएँ ।’

निर्देशक खनालले आमदर्शकलाई प्रिमियरमा सहभागी गराउनुको कारण बताए । ‘हामीले प्रिमियरमा नयाँ थालनी गरेका छौँ । जस्तो सिनेमा छ, त्यस्तै रिभ्यू आओस भनेर दर्शकलाई प्रिमियरमा सिनेमा देखाएका हौँ’ निर्देशक खनालले भने ।

यो फिल्म शुक्रबारदेखि प्रदर्शन तयारीमा छ । फिल्ममा आर्यन सिग्देल, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी अधिकारी, उपासनासिंह ठकुरी, प्रकाश घिमिरे, सृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टको अभिनय छ । कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्माताका रूपमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् ।

तस्वीरहरू : शंकर गिरी /अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?