+
+
Shares
कान्स २०२५ :

‘मिसन इम्पोसिबल’को कान्स प्रिमियरमा टम क्रूजको स्टारडम (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १ गते १२:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कान्स फिल्म फेस्टिभलमा टम क्रूज स्टारर ‘मिसन इम्पोसिबल : द फाइनल रेकोनिङ’ को प्रिमियर भएको थियो र यसले विश्वभर चर्चा पाइरहेको छ।
  • फिल्ममा गरिएको पानीमुनि ३ मिनेट लामो स्टन्टले निकै चर्चा पाएको छ र यसलाई ५ मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त भएको छ।
  • फिल्मको रनटाइम १७० मिनेट रहेको छ र नेपालमा यो २३ मे देखि प्रदर्शनमा आउनेछ।

काठमाडौं । टम क्रूज स्टारर बहुप्रतीक्षित हलिउड फिल्म ‘मिसन इम्पोसिबल : द फाइनल रेकोनिङ’लाई विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा प्रिमियर गरिएको छ । नेपाली समयानुसार बुधबार राती आयोजित प्रिमियरमा विश्व फिल्मको ध्यान केन्द्रित थियो ।

लोकप्रिय फ्रेन्चाइजको अन्तिम श्रृंखला भएकाले पनि यो फिल्मलाई लिएर विश्वभर पर्खाइ छ । कान्सको दोस्रो दिन पुरै टम क्रूजमय रह्यो । फोटोकल, छलफलदेखि रेडकार्फेट जताततै टम क्रूज छाए ।

मृत्यसँग सिंगौरी खेल्दै टम क्रूजले प्रस्तुत गरेका सासै अड्काउन स्टन्टले निकै चर्चा पायो । पानीमुनि खिचिएको ३ मिनेट लामोको स्टन्टको दृश्य छायांकन गर्दा ६२ वर्षिय अभिनेता बल्लतल्ल बाँचेको बताइन्छ । यो दृश्यलाई पनि फिल्ममा समेटिएको छ । भेराइटीका अनुसार यो फिल्मले ५ मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गर्‍यो ।

कान्समा बोल्दै अभिनेता क्रूजले ‘मिसन इम्पोसिबल’को ८ औं श्रृंखलाले बक्सअफिसको महिमालाई पुनःजागृत गर्ने बताए । रेडकार्फेटमा क्रूजसहित निर्देशक त्रिस्टोफर म्याक्क्वारी लगायत कलाकार उपस्थित रहे । यो फिल्ममा क्रूजले आइएमएफ एजेन्ट इथन हन्टको भूमिका निर्वाह गरेका छन् ।

१७० मिनेट रनटाइमको यो फिल्मलाई श्रृंखलाकै सबैभन्दा लामो फिल्म भनिएको छ । यो फिल्म भारतमा भने शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ भने नेपालमा २३ मेदेखि रिलिज हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?